सामाजिक सञ्जाल बन्दको प्रभाव, पत्रकारिता र मिडियाको चुनौती र अवसर
रमेश कुमार बोहोरा
सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ ।
हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्वयन...








