नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा शुक्रवार सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट १७६ जना विपन्नले स्वास्थ्य सेवा पाएका छन् ।
जिल्लाको दुर्गम स्थानमा गएर असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको सो स्वास्थ्य शिविरमा आएर उक्त क्षेत्रका १७६ जना विरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएको आयोजकले जनाएको छ ।
उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिनुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविर गाउँमै पुगेपछि स्थानीयले निकै खुशी भएर स्वास्थ्य परिक्षण गराएको र आयोजकप्रति आभार समेत प्रकट गरेका थिए ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । बाँके युनेस्को क्लबले बालसंरक्षण र बालअधिकारका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरेको छ । क्लबले विश्व शिक्षाको सहयोगमा संचालन गरेको सक्रिय परियोजना अन्र्तगत सो समिति गठन गरिएको हो ।
१३ सदस्यीय नवगठित उक्त बालअधिकार समितिमा वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रा संयोजक र रामलाल यादव, मायाराम यादव, सुशिला वर्मा, केलाराम महावत, रामचरण यादव, राजकुमारी मौर्य, निर्मलादेवि कोरी, मर्दान अली शेष र बच्छराज यादव लगायत प्रहरी चौकी प्रमुख, वडा बालक्लब संजालका प्रतिनिधिहरु सदस्य रहेका छन् । सो अवसरमा वडा अध्यक्ष मिश्राले बालश्रम अन्त्यका साथै बालबालिकासम्बन्धि अन्य विभिन्न संरक्षणका कामहर समितिले गर्ने प्रतिवद्धता सो अवसरमा जनाउनुभयो ।
बालबालिकाको अधिकार विशेष गरेर बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि बालअध...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके जिल्लामा भैरहेको पार्टीको विभिन्न तहहरुको निर्वाचनमा केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पक्षको वर्चस्व देखिएको छ ।
जिल्लाका ८ वटा पालिकाहरु मध्ये ६ वटामा निर्वाचन सम्पन्न भैसकेको परिणामको आधारमा तथा दुई वटामा मतगणना भैरहेको आधारमा अधिकांश ठाउँमा देउवा पक्षकै हाली मुहाली देखिएको छ ।
पालिकाहरुको सम्पन्न निर्वाचन मध्ये नेपालगञ्ज उपमहानगर, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा देउवा पक्षका उम्मेदवारहरुले जितेका छन् भने नरैनापुर र डुडुवामा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् । कोहलपुर र राप्तीसोनारीमा मत गणना भैरहेकोले ती पालिकामा पनि देउवा पक्षकै अग्रता रहने बताईएको छ । यसैगरि महाधिवेसन प्रतिनिधिमा समेत अधिकांश प्रतिनिधि देउवा पक्षबाटै निर्वाचित हुने संभावना कार...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २ मंसिर । संयुक्त बजार अनुगमन समितिले बिहिबार एक्कासी गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाक्लाप गरेको पाएपछि विपी चोकको एक व्यापारिक फर्ममाथि ५० हजार जरिवाना गरेको छ ।
अनुगमन समितिले विपी चोकस्थित अन्सारी टे«डर्सलाई ५० हजार जरिवाना गर्नुका साथै म्याद नाघेका खान अयोग्य ८ हजारको खाद्य सामाग्री पनि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो ।
सो पसलमा म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुला रुपमा विक्रि हुने गरेको र अनुचित व्यापारिक क्रियाक्लाप गरिरहेको भन्ने जनगुनासोको आधारमा अनुगमन गर्दा त्यस्तो भेटिएको उहाँले बताउनुभयो ।
समितिले विपी चोकका अन्य केही पसलमा समेत अनुगमन गरेको जनाईएको छ ।
सो अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह प्रमुख विशेषज्ञमा भेरी अस्पतालका वरिष्ठ सर्जन डा. श्याम सुन्दर यादव लगायत तीन जना चिकित्सक बढुवा भएका छन्। विहिबार बसेको मन्त्री परिषद बैठकले डा यादव, डा भिमसिंह टिंकरी र डा.गुणराज लोहनीको बढुवा गरेको छ।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस समितिले पहिलो नम्बरमा नेपालगञ्जस्थित भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।
मन्त्रिपरिषदले प...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २ । आगामी मंसिर ४ गते नेपालगन्जमा हुन गइरहेको “७ औं धारा नेपालगन्ज म्याराथनको” उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्नुहुने छ ।
आयोजक संस्था कृयटिभ ह्यान्ड्सले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लावासी मन्त्री अथकले म्याराथनको उद्घाटन गर्ने औपचारिक जानकारी दिएको छ।
मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि म्याराथनका खेलहरु सुरु हुने नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो।
सो म्याराथन नेपालगन्ज उपमहानगरपालिका नजिक बिपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगि सोही रुट हुँदै पुनः बिपीचोकमा पुगेर पूरा हुने जनाउँदै उहाँले म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुने बताउनुभयो। म्याराथनमा लुम्बिनी, कर्णाली, प्रदेश नम्बर ७ का खेलाडीहरुले भाग लिने छन्।
आयोजकका अनुसार यस् सातौं संस्करणमा दश विधा समावेश...
नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, २ मंसिर । भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल सञ्चालनको माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूलाई ज्ञापनपत्र बुझाइएको छ ।
कोरोना महामारी सुरु भएपछि उक्त उपचार केन्द्र बन्द गरिएपछि सिकलसेलका बिरामी समस्यामा परेकोले उपचार केन्द्र पुनः सञ्चालन गर्न बिरामीले दबाब दिँदै आएका छन् ।
विभिन्न बहाना बनाएर अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले उपचार केन्द्र बन्द गराएको भन्दै तत्काल सञ्चालनको माग गर्दै सिकलसेल एनिमिया सोसाइटीले मन्त्री थारूलाई ज्ञापनपत्र बुझाएको हो ।
भेरी अस्पतालका लागि सिकलसेल फोकल पर्सन वरिष्ठ फिजिसियन डा।राजन पाण्डेको भरतपुर सरुवा भएपछि उपचार केन्द्र बन्द गरिएकोमा अब तत्काल सुरु गर्न दबाब बढाइएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताउनुभयो ।
लुम्बिनी ...
सिराज खान
नेपालगञ्ज, २ मंसिर । बिहिबार हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जना उम्मेदवार रहेपनि मुख्य प्रतिष्पर्धा दुई जनाविचनै हुने अधिकांश काँग्रेसका नेता कार्यकर्ताको आकलन छ ।
नगर सभापतिका लागि नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर, निवर्तमान सभापति प्रशान्त विष्ट र तरुण दल बाँकेका सचिव विनोद रिजालले उम्मेदवारी दिनु भएको छ ।
तीनै जना उम्मेदवार नगरका विभिन्न नेता कार्यकर्तामाझ अत्याधिक लोकप्रिय भएपनि मुख्य प्रतिष्पर्धा भने प्रशान्त विष्ट र उमा थापामगर विचनै हुने अधिकांश कार्यकर्ताले नेपालगञ्जपाटीलाई बताएका छन् । नेपालगञ्जपाटी डटकमले बुधवार नगरका विभिन्न क्षेत्रका मतदातासंग लिएको जानकारी अनुसार थापामगर र विष्टविच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएपनि विष्टको अवस्था बलियो रहेको र उहाँ विजय हुने संभावना अत्याधिक रहेको छ ।
रिजालले बढी मत तान्न...
कसैले प्रशिक्षक, कसैले मैदान र कसैले खेलाडीलाई दोष दिएर पन्छिए
सिराज खान
नेपालगञ्ज, १ मंसिर । कुनै बेला बाँकेको क्रिकेट टीम नेपाल भरिनै सबैभन्दा अव्वल मानिन्थ्यो, जहाँ गएपनि अधिकांश खेल जितेरै फर्किन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन ।
विभिन्न कारणले गर्दा बाँकेको क्रिकेटको स्तर तल खस्किंदै गएको छ । यहाँसम्म कि हालसम्म कहिले पनि नहारेको टीमसंग पनि बाँकेले हारको सामना गर्नु पर्ने अवस्था आएको छ ।
अन्डर १९ छनोट प्रतियोगितामा बाँकेको टोलीले पहिलो पटक बर्दियासंग बुधवार हारको सामना गर्नु पर्यो । दांगको लमहीमा भैरहेको सो छनोट खेलमा बर्दियाको टोलीसंग बाँकेले हार खेप्नु परेपछि बाँकेका अधिकांश क्रिकेटप्रमी, वरिष्ठ खेलाडी देखि सर्वसाधारण समेत स्तब्ध भएका छन् ।
सोच्दै नसोचेको हार खेप्नुमा मुख्य जिम्मेवार को हो ? कसले यसको जवाफ दिने ? पहिलो पटक हारको कारण के हो ? खेलसंग खेलवाड कहिलेसम्म चल्छ ? ज...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले १० औं राष्ट्रिय कर दिवस को अवसरमा बाँकेमा सबैभन्दा बढी कर तिर्ने करदातालाई बुधवार नेपालगञ्जमा सम्मान गरेको छ ।
कर दिवस तथा कर सप्ताहको उदघाटनका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमसेर राणा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले बाँके जिल्ला भरिमा सबै भन्दा बढी कर दाखिला गर्ने मंगल हार्ड वेयरका मंगल अग्रवाल र विनोद अग्रवाल तथा लक्ष्मी प्लाष्टिक प्रालिका संचालक जय गोपाल श्रेष्ठ र रमेश जयसवाललाई सम्मान गर्नुभयो ।
सोही अवसरमा आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा इन्द्रा सापकोटालाई उकृष्ट कर्मचारी घोषित गरेर सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई दोसल्ला र फुलको माला लगाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा धवल समसेर राणाले...