
बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न
सिराज खान
नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।
राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन...