Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131 समाज | नेपालगञ्ज पाटी - Page 2
समाचारदाता
नेपालगन्ज, भदौ ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुरयाउनु रहेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गर...
समाचारदाता
बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो ।
युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्ल...
समाचारदाता
नेपालगन्ज, साउन २१ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जनालाई खाना खुवाएको छ ।
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ निमारे सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जना महिला तथा पुरुषहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ ।
संघको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा रहनु भएकाहरुलाई खाना खुवाईएको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठ लगायत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्...
समाचारदाता
नेपालगन्ज, साउन २१ गते । विगत लामो समयदेखि वातावरणको संरक्षणमा सक्रिय रहनु भएका बाँकेका वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान गरिएको छ ।
नेपालगन्जमा आयोजना गरिएको बिशेष कार्यक्रममा नेपालगन्ज १९ निवासी वातावरण संरक्षण अभियन्ता काफ्लेलाई दस हजार रुपियाँ नगद र सम्मान पत्रसहित पाचौं नाइस अवार्ड २०२५ प्रदान गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताउनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र गैसस महासँघका केन्द्रीय सचिब नमस्कार शाहले काफ्लेलाई संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले लामो समयदेखि वातावरण संरक्षण र हरित अभियानमा सक्रिय काफ्लेलाई यो अवार्ड प्रदान गर्दा खुशी लागेको जनाउँदै समाजमा...
समाचारदाता
नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ ।
बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ ।
क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो ।
क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा ...
समाचारदाता
नेपालगन्ज, साउन १५ । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ लाई भव्य रुपमा मनाईएको छ ।
सो अवसरमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सुरक्षा परियोजना अन्तर्गत मानव बेचविखन बिरुद्ध जनचेतनामुलक ¥याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो ।
सचेतनामुलक कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने कार्य गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
कार्यक्रममा स्थानीय प्रहरी, समुदायका सदस्यहरू र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले मानव बेचबिखन र शोषणविरुद्ध सशक्त नाराहरू लगाउँदै प्लेकार्डहरू बोकेर ¥याली निकालेका थिए, जसले जनचेतना अभिवृद्धिमा विशेष प्रभाव पारेको स्थानीयको भनाई...
सिराज खान
नेपालगन्ज, साउन ११ । स्वर्गिय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल “मधुकर“ को ९० औं जन्मजयन्तीको अवसरमा शनिवार प्रेमप्रकाश मल्ल “मधुकर“ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रिय समितिको आयोजनामा शनिवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले साहित्यकार तिमिल्सिनालाई ५१ हजार १११ रुपियाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्नुभयो । रकमसंगै तिमिल्सिनालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
स्वर्गिय प्रेमप्रकाश मल्लको पहिलो शोधकर्ताको रुपमा तथा उहाँको कृति र कृतित्वहरुलाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा वरिष्ठ साहित्यकार उपप्रध्यापक तिमिल्सिनालाई पुरस्कृत गरिएको भेरी साहित्य समाजले जनाएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो ।
सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बा...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो ।
कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । मधेस मानव अधिकार गृह (माहुरी होम) र पिबिआई नेपालको संयुक्त साझेदारीमा सञ्चालित “संरक्षण परियोजना” अन्तर्गत पालिकाको सरोकारवालाहरुसंग परियोजनाको परिचयात्मक कार्यक्रम बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि अध्यक्ष शाहीले लक्षित वर्गका लागि ११ वटा सञ्जाल निर्माण गरेर आवश्यक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । साथै, उहाँले आगामी दिनहरूमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष रोकायले महिला, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायत आत्मनिर्भर बनाउने विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै सब...