सिराज खान
पोखरा, असोज ३१ । देशको प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरा, जहाँ अहिले देशभरिका खेलाडी विभिन्न पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।
राम्रो मौसम, स्वच्छ वातावरण र अतिनै रमणीय दृष्यका विच अहिले यो नगरमा नवौं राष्टिय खेलकुद प्रतियोगिता भव्य रुपमा सञ्चालन भैरहेको छ ।
खेलको महाकुम्भ मानिने यो प्रतियोगिता आफैमा एउटा सबैभन्दा ठुलो आयोजन मात्र होइन यसको सफलता र असफलतामा सम्पुर्ण खेलाडी र खेलक्षेत्रको मान र प्रतिष्ठा समेत गाँसिएको छ ।
यस्ता ठुला आयोजनहरु सम्पन्न गर्न धेरै पहिलेदेखि धेरैले मिलेर लामो तयारी तथा संयोजन गर्नुपर्छ । खेलाडीले त प्रतियोगितामा पुगेर खेल सकेर पदक प्राप्त गरि वा नगरि फर्किन्छन् तर आयोजनको जिम्मेवारी पाएकाले लामो समयसम्म आफुलाई त्यसका लागि समर्पण गर्नुपर्छ ।
पोखरामा जारी नवौं राष्टिय प्रतियोगिताको सफलताका लागि सबैभन्दा बढी खटिने तथा भोक निन्द्राको समेत ...
सिराज खान
नेपालगञ्ज, असोज २६ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको नवौं राष्टिय खेलकुद प्रतियोगिता प्रचार प्रसार उपसमितिले जनाएको छ ।
प्रचार प्रसार उपसमितिका संयोजक तथा राखेपका सदस्य दिपेन्द्र विष्टका अनुसार प्रतियोगितामको तयारी पुरा भएको छ भने उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नेछन् । प्रतियोगिताको उदघाटन शुक्रबार हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादु...
समाचारदाता
काठमाण्डौ, असोज १ । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।
बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६।५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबिडब्लू धरापमा परेर आउट भए ।
यस्तै, सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन ...
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । लुम्बिनी प्रदेस खेलकुद परिषदले २ असोजबाट छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोट प्रतियोगिता रुपन्देहीको बुटवलबाट सुरु भई १३ असोजमा रोल्पामा समापन हुने कार्यक्रम तय भएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।
छनोट प्रतियोगिता अन्तरगत ८ असोजमा नेपालगन्जमा बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ भने, ८ र ९ असोजमा नेपालगन्जमा बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते नेपालगन्जमा जुडो, सुटिङ हक्की महिला पुरुष र साइक्लिङ प्रतियोगिता हुने मध्यपश्चिमा खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसीले बताउनुभयो ।
उहाँका अनुसार, १० असोजमा नेपालगन्जमा पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता अन्तरगत बर्दियाको तारातालमा सेपाताक्रा, ११ र १२ असोजमा बर्दियाको भुरीगाउँम...
नेपालगञ्ज्पाटी समाचार
काठमाण्डौ, भदौ २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नु भएको हो।
प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय मंगलबार बेलुका ५ः३० बजे ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुगेका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।
मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु खेलाउन सुरु गरीएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच भएको थियो । उद्घा...
सिराज खान
नेपालगञ्ज, भदौ १७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पुर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
उहाँले सोही अभियान अन्तर्गत अहिले एक पालिका एक खेल पुर्वाधार कार्यक्रम अन्तर्गत खेल पुर्वाधारको निर्माणलाई तिव्र पारिएको बताउनुभयो ।
बाँकेको राप्तीसोनारी ६ स्थित जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उदघाटन गर्दै मन्त्री अथकले खेल पुर्वाधार र सामाग्रीको अभावमा खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको र राम्ररी अभ्याससंगै प्रतियोगिता पनि नहुन सकेकोले पुर्वाधार निर्माणलाई विशेष ध्यान दिईएको बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा पहिलो पटक वर्तमान सरकारले अन्तराष्टिय पदक विजेता खेलाडीलाई एक करोडसम्म नगद पुरस्कार दिने व्यवस्था गरेको जनाउँदै सो निर्णयबाट खोलाडीमा एक प्रकारको नयाँ जोश र उत्साह थपिएको बताउनुभय...
राष्टिय समाचार समिति
पोखरा, भदौ १५ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।
प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।
३६ खेल खेलाइने
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २२ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा अत्याधुनिक बाल पार्क (चिल्ड्रेन पार्क) को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।
भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्ट...
नेपालगञ्जपाटी डेस्क
नेपालगञ्ज, ३१ जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीनुभएका मन्त्री अथक दुबई हुँदै मंगलवार बिहान रुसको राजधानी मस्को पुग्नुभएको हो ।
मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा रुस पुग्नुभएका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो ।
पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत १४ । पहिलो पटक प्रधानम्नत्री महिला भलिबल प्रतियोगितामा सहभागि भएको भारतको हरियाणा स्पोर्टस् क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधी लिएर आफ्नो देश फर्किने छ ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
यो सँगै आर्मीले डायमन्डलाई ल...