
प्रहरी हवल्दार र जवानहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालीम प्रदान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा सञ्चालन गरिएको अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण तालीम शुक्रवार सम्पन्न भएको छ ।
विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत सो तालिम यही पुस २५ गतेबाट शुरु गरिएको थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि बाँके प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन नयौपाने रहनु भएको थियो ।
उहाँले यस्ता तालिमले अपराध अनुसन्धान र नियन्त्रणमा ठुलो सहयोग गर्ने जनाउँदै तालिममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्न तालिम लिएकाहरुसंग आग्रह गर्नुभयो । अहिलेको युगमा हरेक क्षेत्रमा आएको परिवर्तन जस्तै अपराध र गैर कानुनी काम गर्ने तरिकामा पनि परिवर्तन आएकोले सो नियन्त्रणका लागि नयाँ र आधुनिक तरिकाको तालिम आवश्यक रहेको डीएसपी न्यौप...