२३ कार्तिक २०८२, शनिबार

राजनीति

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । भारतका विभिन्न ठुला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्किएका दुई लाख ५६ हजार भन्दा बढी नेपालीको यहाँस्थित जमुनाहा नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । कोरोनाको तेस्रो लहरको संभावनालाई मध्य नजर गरेर भारतका जोखिममा रहेका ठुला सहरहरुमा काम गरेर फर्किएका नेपालीहरुको स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिईएको छ । गत दुई महिनाको अवधीमा भारतबाट फर्किएका दुई लाख ५६ हजार ९९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ती मध्ये ज्वरो र रुघाखोकी देखिएका ३९ हजार ६३३ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँले परिक्षण गरिएका मध्येबाट ३९२ जनामा कोरोना पुष्टि भएको जनाउँदै ती मध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाईएको र जटिल अवस्थामा देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा ...
निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न

निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न

राजनीति
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, १२ कात्तिक । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले प्रशिक्षणको उदघाटन गर्दै संविधानले प्रदान गरेको दायीत्वलाई पुरा गर्न निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वुनीय र मितव्ययी बनाउने कार्यमा निरन्तर खटिएको बताउनुभयो । निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी निति २०७७ तर्जुमा गरि कार्यान्वयनमा ल्याईएको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिहरुलाई बाँके जिल्ला निर्वाचन अधिकारी खुग प्रसाद सुवेदी, प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचनका बारेमा जानकारी गराउनु भएको थियो । निर्वाचन आयोगका उपसचिव कोमल प्रसाद धमला र आयोगका शाखा अ...
अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ । तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अ...
आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि ‘यूएनएफसीसीसी’ को २६औँ सम्मेलन ‘कोप(२६’मा भाग लिन आज शुक्रबार बेलायत जाँदैहुनुहुन्छ । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लाग्नु भएको हो । कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहनु हुनेछ । प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत९नेपाल व्याप...
लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक तयार पारिनेछ –सञ्चारमन्त्री शर्मा

लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक तयार पारिनेछ –सञ्चारमन्त्री शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बुटवल,१२ कात्तिक। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताएका छन् । संचारलाई अंकुश लगाउने खालको बिधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूचीमा चढिसकेपछि पनि सभामा पेश नगरि पत्रकार महासंघका नेताहरुसँग भेट गरेका मन्त्री शर्माले सञ्चारमैत्री बिधेयक बनाउन पहल गर्ने आश्वासन दिएका हुन् । सरकारले प्रस्ताव गरेको सञ्चार विधेयकमा रहेका सञ्चार विरोधी दफाहरुलाई हटाउन र सञ्चामैत्री बनाउन आवश्यक बुँदाहरु समावेश गर्ने सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका महासंघको लुम्बिनी प्रदेश समितिको टोलीसँग कुरा गर्दै मन्त्री शर्माले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताए । टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुँदा तयार गरि सञ्चारमन्त्री शर्मालाई बुझाएको छ । महासं...
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
हेटाैंडा,कात्तिक ११ गते । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएकाे छ ।अान्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भाैतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएकाे छ ।...
कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

ताजा-अपडेट, राजनीति
काठमाडौं, कात्तिक ११ गते । प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ । (रासस)...
प्रधानन्यायाधिशलाई महाभियोग लगाउने छलफल भएकै छैन – नेपाल

प्रधानन्यायाधिशलाई महाभियोग लगाउने छलफल भएकै छैन – नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रकाशविक्रम शाह धनगढी, कात्तिक ११ गते । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताउनुभएको छ । बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताउनुभयो । अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भन्नुभयो, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौ । एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नुभएको हो भन्ने प्रश्नमा उहाँले हिजो एमालेले पनि राप्रपा र माओवादीसित गठबन्धन गरेको स्मरण गर्नुभयो । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने सङ्केत गर्नुभएको छ । तीन पार...