१३ बैशाख २०८१, बिहीबार

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज ११ कात्तिक । हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ९कबिर० लाई सम्मान गरेको छ ।
प्रमुख थारुले स्थानीय शिक्षाको उन्ननयका लागि गरेको नविन अभ्यासलाई कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । प्रमुख थारुलाई विहिबार एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो ।
प्रमुख थारुले स्थानीय बजेटमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि ३० प्रतिशत विनियोजन, जनतासंग नगरप्रमुख कार्यक्रम अन्तर्गत प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति, साधारण उच्च शिक्षातर्फ मुक्तकमैया ७, मुक्त कमलरी १०, आर्थिक रुपले विपन्न जेहेन्दार १४, विपन्न दलित ७, सिमान्तकृत र लोपोन्मुख २, सहिद वेपत्ता तथा घाईते परिवारका सन्तति १० जनालाई छात्रवृत्तिको घोषणा लगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन् । त्यसैगरी वनविज्ञान कार्यक्रममा १५ जनालाई पूर्ण छात्रवृत्ति, ८ जनालाई ७५ प्रतिशत र ३ जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।

प्रमुख थारु स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित नगरप्रमुख हुन् । पालिका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट ६ वटा विषय सञ्चालनको स्वीकृतमा बसेको छ । पालिकाका विद्यार्थी शिक्षाका लागि अन्यत्र जानु नपरोस् भनेर नगरपालिका तथा संघीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएका छन् ।
यसका अलावा अनिवार्य आधारभूत शिक्षा सुनिश्चिता घोषणा २०७५ साल आषाढ २८ मा गरिसकेको छ । जनता सँग मेयर कार्यक्रम अन्तरगत बालबालिका संरक्षण केन्द्र सिम्हा मावि बेलभारमा सञ्चालन गरिएको सो केन्द्रमा अभिभावक विहिन, सडक वालवालिका र आर्थिक रुपले विपन्न २३ जना बालबालिकालाई संरक्षण सहित शिक्षा प्रदान, पन्च वर्षीय नगर शिक्षा योजना तयार गरी कार्यान्वय जस्ता कार्य गरेको हुनाले सम्मान गरिएको हो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *