१२ बैशाख २०८१, बुधबार

अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ मंसिर । यहाँस्थित सीमापारी भारतबाट नेपालतर्फ हुने अवैध आयात र तस्करी निरन्तर जारी नै रहेको छ ।
प्रहरीले जतिसुकै सक्रियता देखाएपनि र जतिसुकै सामान पक्राउ गरेपनि लामो समयदेखि हुँदै आएको अवैध आयात र तस्करी भने रोकिएको छैन ।
मुख्य नाकामा धेरै ठाउँमा चेकजाँच हुने गरेपनि तथा अन्य नाकाहरुमा समेत शसस्त्र र जनपथ प्रहरीको उल्लेख्य उपस्थिति रहँदै आएपनि कसरी दैनिक लाखौं लाख रुपियाँको अवैध सामान नेपाल भित्रिन्छ भन्ने प्रश्न चारै तिर उठीरहेको छ ।
भन्सार राजस्व छलेर भारतीय सामानलाई दैनिक रुपमा नेपालमा भित्रयाउने काम निरन्तर भैरहेपनि सुरक्षाकर्मीले त्यसलाई किन रोक्दैनन् वा किन देख्दैनन् भन्ने प्रश्न पनि जनमानसमा सर्वत्र उठिरहेको छ ।
यसरी राजस्व छलेर सामान ल्याउँदा देशलाई ठुलो नोक्सानी भएपनि यो सबै किन रोकिंदैन ? यही नै सबैभन्दा अहम प्रश्न हो ।
उता, प्रहरीले भने दिनदिनै भारतबाट ल्याईएका सामानहरु भने नियन्त्रणमा लिदै आएको छ । प्रहरीले सामान भित्र आइसकेपछि नियन्त्रणमा लिनु भन्दा भित्रिननै नदिन विशेष उपाय उपनाउनु पर्ने माग नेपालगञ्जका व्यवसायीको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले जबसम्म राजस्व छलेर मालसामान भित्रिने क्रम जारी रहनेछ तबसम्म नेपालगञ्जका व्यवसायीले राम्रो व्यापार गर्न नपाउने बताउनुभयो ।
उहाँले राजस्व नतिरेर सामान ल्याउनेहरुले राजस्व तिरेर ल्याउनेहरुको व्यापारमा ठुलो प्रभाव पारिरहेको बताउनुभयो ।
यसैविच भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको १ लाख २४ हजार रुपियाँको अवैध सामान बाँके प्रहरीले पछिल्लो पटक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० बाट १ लाख २४ लाखको लत्ताकपडा, मोजा, कासको थाल, सुपारीलगायतका सामान बरामद गरेको जनाएको छ।
उक्त सामानलाई थप आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *