७ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्री प्रभाकरद्धारा सुख्खाग्रस्त नरैनापुरको स्थलगत अनुगमन, सीमानाको पनि निरिक्षण

अर्थमन्त्री प्रभाकरद्धारा सुख्खाग्रस्त नरैनापुरको स्थलगत अनुगमन, सीमानाको पनि निरिक्षण

समाचारदाता
नरैनापुर, बाँके, भदौ १७ । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर शुक्रवार त्यहाँ पुग्नु भएको छ । उहाँले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुभएको छ । अनुगमनको क्रममा मन्त्री प्रभाकरले गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गर्नुभयो । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको छ ।
स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीसंग पनि कुरा गर्ने बताउनुभयो ।


उहाँले तत्कालका लागि के गर्न सकिन्छ र बाँझो खेतलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा निष्कर्श निकालेर अगाडी बढ्ने जनाउँदै सरकारले कसैलाई भोकै बस्न नदिने बताउनुभयो ।
सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै किसानलाई राहत दिन माग गर्नुभयो।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


सो क्षेत्रमा सिंचाइको लागि हरेक वडामा तीन तीन वटा डिप बोरिंग जडान गरेर अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न मन्त्री शर्मालाई अध्यक्ष शाहले आग्रह गर्नुभयो।
मन्त्री शर्मासंगै लुम्वीनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी लगायतको टोलीले नेपाल भारतको सिमासम्म स्थलगत निरिक्षण पनि गरेको थियो ।
वर्षा नभएर शतप्रतिशत सुख्खा भएपछि यस अघि गाउँ कार्यपालिकाको बैठकले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरि ८० प्रतिशत करमा छुट दिने निर्णय गरेको थियो ।


जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।
सो पालिकामा तीन हजार सात सय हेक्टर खेती योग्य जग्गा रहेकोमा २६० हेक्टरमा मात्र सिचाई सुविधा रहेको र अहिले पानी नपर्दा ती सबै सिचाईका श्रोत पनि सुकेकोले पानी नआएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *