१५ चैत्र २०८०, बिहीबार

कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण

कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण

समाचारदाता
नेपालगञ्ज, भदौ २९ । कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उदघाटन गरिएको छ ।
नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले उदघाटन गर्नु भएको हो ।
कार्यक्रमको सभापति समेत रहनु भएकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदूत अल हैलको उपस्थितिमा समपन्न रहेको सो समारोहमा समाजकल्याण परिषदका सदस्य सचिव मनोज भट्ट विभागीय प्रमुखहरु प्रल्हाद बाबु पन्त, भगवती संग्रौला, संजय मल्लिक तथा कतार च्यारिटीका कार्यकारी निर्देशक इर्शाद अलि शेख, बूढानिलकण्ठ नगरपालिकका जनप्रतिनिधी सहित विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदूतले कतार निर्माणमा नेपालको ठूलो योगदान रहेको चर्चा गर्दै नेपाललाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनहरुमा थप सहयोग गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।
ब्यवसायिक सिप विकासबाट युवाहरुमा प्रत्यक्ष फाइदापुगोस् भन्ने उद्देश्यले निर्मित यस भवनले सर्थकता पाउनेमा कतार च्यारिटीका कार्यकारी निर्देशक शेखले कतार च्यारेटी आशावादी रहेको बताउनुभयो ।
व्यावसायिक तालिम केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण समारोह कै मौका छोपेर यस क्षेत्रका महिला दिदिवहिनीहरुमा टेलरिङ विजनेसको लागि ३ महिने सिलाइ कटाइ तालिमको पनि उद्घाटन गरिएको छ, जस अन्तर्गत तालिममा उत्कृष्ट दिदिवहिनीहरुले तालिम सकिएपछि सिलाइ मेसिन सहित अन्य आवश्यक उपकरण पनि साथमा पाउने छन ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजकल्याण परिषद्का सदस्य सचिव भट्टले व्यावसायिक तालिम केन्द्र भवन निर्माण गरेर सहयोग पुराएकोमा कतार च्यारिटीलाई धन्यवाद दिदै उक्त भवन व्यावसायिक तालिम संचानल गर्न प्रयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुढानिलकण्ठस्थित भुकम्पले क्षति पु¥याएको समाजकल्याण परिषदको यस तालिम केन्द्र रु १ करोड १७ लाख ८३ हजार ६ सय १९ रुपैयाको लागतमा बनेको भवनको क्षेत्रफल ४ हजार ८ सय १६ बर्ग फिट रहेको भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १वटा सेमिनार हल १ वटा किचनसाथै ८ वटा शौचालय रहेका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *