१५ चैत्र २०८०, बिहीबार

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

समाचारदाता
नेपालगञ्ज, साउन २७ । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ ।
कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो ।
शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको समीक्षा गर्न संक्षिप्त बैठकको आयोजना गरेर राम्रो शिक्षा, स्वास्थ्य, पोषण र खाद्य सुरक्षाको लागि गरिब समूहहरू, कमजोर समुदायहरू र जातीय अल्पसंख्यकहरूको दिगो जीविकोपार्जन बढाउने कुरामा छलफल गरेको थियो ।
बैठकपछि सो टोलीले कतार च्यारिटीको सहयोगमा सञ्चालित कुखुरा पालन, किराना, रेस्टुरेन्ट, पावर टिलर, खानेपानी र सिचाईका लागि गरिएको बोरिंगको स्थलगत अनुगमन गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो अवसरमा खजुरा र जानकी गाउँपालिकामा रहेका सामुदायिक समूह र लाभार्थीहरूसंग अन्तरक्रिया समेत गरेर कार्यक्रमले पारेको प्रभाव बारेपनि जानकारी लिईएको थियो ।

सो अवसरमा लाभार्थि समुदायले आय आर्जन र आर्थिक सक्षमताका लागि कतार च्यारिटी र बाँके युनेस्को क्लबले गरेको सहयोग अतिनै सराहनीय रहेको उल्लेख गर्दै दुबै संस्थाप्रति आभार व्यक्त गरेका थिए ।
कतार च्यारिटी नेपालले विपन्न, जोखिममा परेका र सीमान्तकृत परिवारका लागि बाँकेमा विभिन्न प्रकारका आयआर्जन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरेर सहयोग गर्दै आएको छ ।
अनुगमन टोलीमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कृषि सहयोग समूह खजुराका अध्यक्ष कमला न्यौपाने, बाँके युनेस्को क्लबका प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताको पनि सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *