१३ बैशाख २०८१, बिहीबार

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

समाचारदाता
नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ ।
च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो ।
कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान गरिएको एम्बुलेन्सको अवस्था र कैलालीको टिकापुरमा अपांगता भएकी एक युवतिलाई गरिएको सहयोगको अनुगमन गरेको थियो ।

सोही प्रकारले राप्तीसोनारी ७ का विपन्न किसानसंग अन्तरक्रियासंगै नरैनापुर २ मा रहेको स्वास्थ्य केन्द्रमा प्रदान गरिएको एम्बुलेन्सको अवस्था र नेपालगञ्जमा विपन्न महिलाका लागि सञ्चालनमा रहेको सिलाई कटाई तालिमको पनि अनुगमन गर्नु भएको बाँके युनेस्को क्लबले जनाएको छ ।
अनुगमनका क्रममा कतार च्यारिटिले प्रदान गरेको सहयोगको सही ठाउँमा सदुपयोग गरिएको पाईएको र उक्त सहयोगबाट धेरै विपन्न र असहायलाई लाभ मिलेको प्रत्यक्ष देख्न भेट्न पाएको कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखले बताउनुभयो ।
अनुगमनका क्रममा धेरै ठाउँमा विभिन्न प्रकारका सहयोगहरुको थप माग पनि गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
अनुगमन टोलीमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषसंगै बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ता लगायतको पनि सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *