१६ चैत्र २०८०, शुक्रबार

कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

समाचारदाता
नेपालगञ्ज, साउन २८ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ ।
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका र खजुरा, डुडुवा तथा राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई हिडडुल र आवागमनमा सहज होस भन्ने उदेश्यले तीन पांग्रे साइकल वितरण गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले विभिन्न कारणले खुट्टा गुमाएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकाहलाई सहजताका लागि सो तीन पांग्रे साइकल वितरण गरिएको बताउनुभयो ।
नेपालगञ्जमा आयोजित एक अनौपचारिक समारोहका विच अपाङ्गता भएका व्यक्तिलाई कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष रवि तुलाधर र कोषाध्यक्ष फिरदौस जहाँ खानले तीन पांग्रे साइकल वितरण गर्नुभयो ।

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले कतार च्यारिटीले बाँकेका विभिन्न पालिकाका विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न सहयोग कार्यक्रम शुरु गरेर निकै सराहनीय कार्य गरेको बताउनुभयो ।
उहाँले लाभार्थिहरुको संख्या कम रहेकोले अझै बढाउनु पर्ने माग पनि सो अवसरमा गर्नुभयो ।
कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँकेमा सञ्चालित कार्यक्रमहरुको परिणामा निकै राम्रो र सकारात्मक देखिएकोले अझै थप गर्ने प्रयास गर्ने आश्वासन दिनुभयो ।
उक्त अवसरमा बाँके युनेस्को क्लबका प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताको पनि उपस्थिति रहेको थियो ।
यसैगरि कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखले च्यारिटीको सहयोगमा नेपालगञ्जमा स्थापना गरिएको रेष्टुरेन्ट र किराना पसलको पनि स्थलगत अनुगमन गर्नुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *