८ बैशाख २०८१, शनिबार

कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा शुक्रवार राति आगलागी हुँदा चार करोडको क्षति भएको छ ।
आगलागीबाट उद्योग भित्र रहेका सबै मेशिन, कच्चापदार्थ तथा तयारी कपडा जलेर नष्ट भएको उद्योग सञ्चालक कालिमिया कस्मिरा खातुनले जानकारी दिनुभयो ।
राती एक बजे आगलागी भएको थाहा पाएपछि तुरुन्त नेपालगन्ज उपमहानगरपालिकाको दमकलाई खबर गरेपनि एक घण्टापछि आएर आगो नियन्त्रणमा लिएको खातुनले बताउनुभयो । के कारणले आगलागी भएको हो भन्ने जानकारी नभएपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने गार्मेन्ट सञ्चालक खातुनको भनाई छ ।
उद्योगमा सुईटर लगायतका उलनका कपडा उत्पादन हुँदै आएको थियो । आगलागीबाट सुईटर उत्पादन गर्ने पाँच वटा अटोजाईका मेशिन र एउटा सर्कुलर ईन्टरलक मेशिन लगायत कच्चापदार्थ र तयारी कपडा गरि चार करोड बढी क्षति भएको उद्योग सञ्चालक खातुनको दाबी छ ।
लुम्बिनी गार्मेन्ट उद्योगमा केही वर्षअघि पनि बिद्युत सर्ट भएर आगलागी भएर ठूलो क्षति भएको थियो । सो आगलागी बारे अनुसन्धान भैरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *