१६ चैत्र २०८०, शुक्रबार

क्यासिनो सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्दा होटल व्यवसाय फस्टाउँदै

क्यासिनो सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्दा होटल व्यवसाय फस्टाउँदै

सिराज खान
नेपालगञ्ज, कात्तिक १५ गते । कोरोना कहरका कारण डेढ वर्षदेखि बन्द रहेका नेपालगञ्जका अधिकांश क्यासिनो पुनः संचालनमा आएका छन् । भारतीय पर्यटकको आवागमन सहज भएसँगै नेपालगञ्ज लगायतका सीमावर्ति सहरहरुमा क्यासिनोमा व्यवसाय पुनः बढ्न थालेको हो ।
नेपालगञ्जमा सञ्चालनमा ल्याईएका क्यासिनो व्यवसायका लागि प्रमुख बजार मानिएको भारतमा कोरोना संक्रमित भेटिने दर निकै कम हुँदै गएपछि अहिले फेरी क्यासिनो खेल्नका लागि भारतको लखनउ, गोण्डा, बहराईच, बाराबंकी, सितापुर र लखिमपुरबाट भारतीयहरु आउन थालेका छन् ।
्भारतको केन्द्रिय राजधानी दिल्लीबाट समेत केही भारतीय क्यासिनो खेल्न नेपालगञ्ज आउने गरेको जनाईएको छ ।
सरकारले सीमा क्षेत्र पहिलेकै जस्तै गरेर खुला गरिदिएसँगै यहाँ सञ्चालित चारतारे र पाँचतारे होटलमा रहेका क्यासिनोले आफ्नो सेवा पुनः सुरु गरेका हुन् ।
पछिल्लो समय नेपालगञ्जमा सञ्चालित क्यासिनोमा भारतीय नागरिकको सहभागिता उल्लेख्य रुपमा बढ्दै गएको बाँकेका पर्यटन व्यवसायीले जनाएका छन् । उनिहरुका अनुसार क्यासिनो व्यवसाय सञ्चालन आएसँगै तुलनात्मक रूपमा होटल व्यवसायमा पनि सकारात्मक प्रभाव परेको छ ।
सीमा नाकाबाट आवागमन खुला भएसँगै एक महिनायता क्यासिनोमा आउने भारतीय पर्यटकको सहभागिता क्रमिक रुपमा बढ्दै गएको नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेन्ड प्रिमियरले जनाएको छ । यो होटलमा क्यासिनो माजोङ संचालित छ ।
भारतीय पर्यटकलाई आवगमनमा सहज भएसँगै क्यासिनो विजनेजले पिक अप लिन सुरु गरेको होटलका महाप्रबन्धक प्रवीण सिंहले बताउनुभयो । उहाँका अनुसार क्यासिनो प्लेयरको फ्लो पहिलाकै अवस्थामा फर्किसकेको छैन । अहिले भारतमा आइपीएल, दिपावली आइरहेको छ । दुवै सकिएपछि क्यासिनोमा खेल्नैका लागि आउने बढ्नेछन् ।


साताभर क्यासिनो खेलाडीको सहभागिता हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ८१ कोठाको होटलमा यतिखेर ८५ प्रतिशतसम्म अकुपेन्सी कायम हुँदै आएको छ । होटलमा क्यासिनो खेल्न आउने भारतीय र एनजीओ, आइएनजीओको कार्यक्रममा सहभागीहरु बस्दै आएको सिंहको भनाई छ ।
६० कोठा क्षमताको स्नेहा होटलमा सञ्चालित द बेलिजमा क्यासिनोमा पनि खेलाडीको आवागमन बढ्दै गएको प्रबन्ध निर्देशक देवांश राणाले बताउनुभयो । क्यासिनो खेल्न आउने भारतीय बढेसँगै यतिखेर होटलमा करिब ४० प्रतिशत अकुपेन्सी कायम हुन थालेको उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्जमै रहेको सिद्धार्थ भ्यु होटलमा संचालित ज्याकपोट गेमिङ सेन्टरमा भारतीय नागरिकको सहभागिता उल्लेख्य रुपमा वृद्धि हुँदै गएको होटलका बजार प्रमुख नवीन भट्टले बताउनु भएको छ । लामो समयदेखि क्यासिनो क्षेत्र मारमा परेको जनाउँदै उहाँले तर अहिले क्यासिनो व्यवसायले गति लिन सुरु गरिसकेकोले होटलको अकुपेन्सीमा १५ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।
कुल १२५ कोठामध्ये १०४ वटा कोठा अपरेसनमा रहेको होटलमा यतिखेर ६० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्ज पोखरा हवाई उडान र क्यासिनो व्यवसाय सुरु हुन थालेसँगै नेपालगञ्जका धेरैजसो होटलमा यतिखेर भारतीय पर्यटकको चहल पहल बढ्दै गएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार)


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *