नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २२ । चिसोले समस्यामा परेका बाँके डुडुवा गाउँपालिका ६ मगन्ता टोलका सय विपन्न र गरिब परिवारलाई सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले कम्बल तथा खाद्यान्न वितरण गरेको छ।
परापुर्व कालदेखिनै अधिकांशले मागेर गुजारा चलाउँदै आएका मगन्ताटोलका वासिन्दालाई अहिलेको अत्याधिक चिसोले निकै समस्या परेकोले उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, उनका आमा महालक्ष्मी अधिकारी र श्रीमती प्रतिमा अधिकारी, वेष्टर्न अस्पतालका सञ्चालक डा कल्पना थापा र छोरा राहुल थापा, श्री नम्बर ४ बाहिनी अड्डाका मेजर दीप श्रेष्ठ र श्रीमती लक्ष्मी श्रेष्ठले मगन्ताटोलका सय घरपरिवारलाई एउटा कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गर्नु भएको हो ।
सो अवसरमा सहायक रथी पाठकले यति साह्रै चिसोले समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
डुडुवा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मोहन मिश्रले नेपाली सेनालगायतले टोलमै आएर विपन्नलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । नेपाली सेनाले गरेको सो सहयोगको बाँकेमा सर्वत्र प्रशंसा गरिएको छ ।
Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453