१६ चैत्र २०८०, शुक्रबार

तस्करी विरुद्ध सशस्त्र प्रहरीको कडा अभियान, ६० लाखको अवैध सामान नियन्त्रणमा

तस्करी विरुद्ध सशस्त्र प्रहरीको कडा अभियान, ६० लाखको अवैध सामान नियन्त्रणमा

सिराज खान
नेपालगञ्ज, साउन २५ । सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न कडा रुपमा प्रस्तुत भैरहेको सशस्त्र प्र्रहरीले एकै पटकमा ६० लाख रुपियाँको अवैध सामान बरामद गर्न सफल भएको छ ।
गत केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको थियो ।
सोही अभियान अन्तर्गत सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको ७ जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामान बरामद गरेको हो ।
भे १ ख ३५८८ नम्बर को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरीका एसपी जनक बस्नेतले बताउनुभयो ।

सीमापारी भारतबाट ल्याएर भन्सार राजस्व छलेर सुर्खेत लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई खानतलासी गर्दा चीनी १०० बोरा, चामल ३०० बोरा, सुपर पावर सुर्ती २९ बोरा र लेडिज सुट १०० थान फेला परेको एसपी बस्नेतले बताउनुभयो ।
ट्रकसँगै चालक दैलेखको गुराँसे गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय गौरव गिरी र सहचालक दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय अर्जुन रावतलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले जनाएको छ ।
पछिल्लो समयमा आएर सीमापारीबाट तस्करी र अवैध सामानको आयात बढ्दै गएकोले एकातिर राजस्व संकलनमा समेत प्रभाव परेको छ भने अर्कोतिर अवैध गतिविधि बढ्दै गएको पाईएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *