१६ चैत्र २०८०, शुक्रबार

तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुक्रवारबाट शुरु

तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुक्रवारबाट शुरु

सिराज खान
नेपालगञ्ज, कात्तिक १९ गते । देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ ।
यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो ।
भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्स नेपालगञ्ज शाखाका प्रमुख दीलिप कार्कीले बताउनुभयो ।

कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने योजना रहेको प्रमुख कार्कीले बताउनुभयो ।
‘यो नन सेडुल प्रादेशिक उडान हो । सेडुल प्राप्त भएपछि हामी नियमित उडान गर्ने छौँ ।’ उहाँले भन्नुभयो ।
प्रमुख कार्कीकाअनुसार तारा एअरका चारवटा जहाजमध्ये दुईवटा जहाज नेपालगञ्ज र पोखरा बेस रही उडान गर्दैआएको छ ।
यो चार्टर उडान सुरु गरेसँगै कम्पनीले दुई सिफ्ट क्रु परिचालन गर्ने तयारी गरिसकेको जानकारी एअरलाइन्सले दिएको छ । नेपालगञ्ज–पोखरा चार्टर उडानका लागि न्यूनतम भाडादर सात हजार रुपियाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
बुद्ध एअरले नेपालगञ्ज–पोखरा दैनिक नियमित उडान शुरु गरेपछि पोखरा जाने भारतीय पर्यटक ठूलो संख्यामा नेपालगञ्ज आइरहेका छन् ।( गोरखापत्र अनलाइनबाट)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *