१६ चैत्र २०८०, शुक्रबार

तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण

तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण

समाचारदाता
नेपालगञ्ज, पुस २८ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।
अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा नेपालगञ्जका २० जना अति विपन्न तथा एकल महिलाको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा नेपालगञ्ज उपमहानगर महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, शिक्षा, खेलकुद र युवा महाशाखा प्रमुख गोरख बहादुर थापा, कतार च्यारेटी नेपालका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र क्लबका कोषाध्यक्ष फिरदोस जहाँ खानले सहभागिहरुलाई मेसिन सहितका सामाग्री र प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाहले विपन्न महिलालाई स्वरोजगार बनाउने उदेशयले प्रदान गरिएको यो तालिम र वितरण गरिएको मेसिनलगायतको सामाग्रीले आयआर्जनमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले कतार च्यारेटि र युनेस्को क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको उल्लेख गर्दै महिलाहरुलाई तालिमको सदुपयोग गरेर आर्थिक अवस्था सुधारमा ध्यान दिन अनुरोध गर्नुभयो ।
क्लबका कोषाध्यक्ष फिरदोस जहाँ खानले तालिमले विपन्न महिलाको आर्थिक अवस्थामा ठुलो परिवर्तन ल्याउने विश्वास गरिएकोले सिपलाई व्यवहारमा उतारेर रोजगारीमा लाग्न आग्रह गर्नुभयो ।
सो अवसरमा तालिमका सहभागिहरुले तालिम सिकाउनुका साथै रोजगारीका लागि मेसिन लगायत सबै सामाग्री दिएकोमा आफुहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।
सो अवसरमा कतार च्यारेटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका वित्त तथा प्रशासन प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।
तालिमका सहभागिहरु सबैलाई सिलाई मेसिन एक सेट, आइरन प्रेस, नाप गर्ने काठको स्केल, कैंची र कपडा समेत उपलब्ध गराईएको क्लबले जनाएको छ । बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले जिल्लाका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *