१३ बैशाख २०८१, बिहीबार

धान विक्रिको कुपन लिन गएका किसानहरु कृषि ज्ञान केन्द्रको गेट फोडेर भित्र छिरे

धान विक्रिको कुपन लिन गएका किसानहरु कृषि ज्ञान केन्द्रको गेट फोडेर भित्र छिरे

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । धान बिक्रिका लागि कुपन लिन कृषि ज्ञान केन्द्र बाँकेमा पुगेका कृषकले छिटो कुपन पाउनका लागि तछाड मछाड गर्दै ज्ञान केन्द्रको मुख्य गेटको ढोका तोडफोड गरेका छन । कुपन लिन विहानै कार्यालयमा पुगेपनि ११ बजेसम्म कुपन वितरढा नगरिएपछि आक्रोशित भएका उनिहरुले ढोका तोडफोड गरेर भित्र छिरेका थिए ।
धान विक्रिका लागि कृषि ज्ञान केन्द्रको सिफारीस अनिवार्य गरिएपछि कुपन लिन चाहने किसानको संख्या धेरै भएकोले आफ्नो पालो नआउला भन्ने डरले अधिकांश किसानले पहिलेनै पालो खोजीरहेका छन् । खाद्य व्यवस्था कम्पनीमा धान खरिद कार्य सहज बनाउन प्राथमिक खरिद समितिको बैठकले कृषि ज्ञान केन्द्र बाँकेको सिफारीस कुपन गर्दै धान बेच्न चाहने कृषकलाई शुक्रबार देखि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको थियो । कुपन वितरण हुने सूचना पाएका किसानहरु शुक्रबार बिहान ५ बजेदेखि कृषि ज्ञान केन्द्र बाँकेमा लाईन लागेका थिए ।
कृषकको भिड बढ्दै जाँदा समयमै कुपन नपाएको भन्दै हो हल्ला हुनुका साथै उत्तेजित भिडले कार्यालयको गेट समेत तोडफोड गरेको छ ।
उत्तेजित भिड बढदै जाँदा दिनभरी कृषि ज्ञान केन्द्र बाँकेमा तनाव भएको थियो । भिड नियन्त्रण गरी कुपन वितरण गर्न प्रहरी परिचालन समेत गर्नु परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछि प्रहरीको सहयोगमा अनियन्त्रीत भिडलाई लाईन लगाएर कुपन वितरण कार्य शुरु गरिएको थियो । कुपन पाएका कृषकले शनिवारदेखि आवश्यक कागजात सहित कार्यालयवाट सिफारीस लिएर धान बेच्न पाउने ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो ।
उहाँले २५ हजार क्विन्टल मात्र धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीले जानकारी गराएपछि सो कोटा सकिनु भन्दै पहिलेनै धान विक्रि गर्न कुपन पाउनका लागि किसानले तछाडमछाड गरेको पाईएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *