८ बैशाख २०८१, शनिबार

नरैनापुरमा डिप बोरिंग र राहात माग गर्दै प्रजिअलाई ज्ञापन बुझाइयो, अर्थमन्त्रीसंग पनि राहात माग

नरैनापुरमा डिप बोरिंग र राहात माग गर्दै प्रजिअलाई ज्ञापन बुझाइयो, अर्थमन्त्रीसंग पनि राहात माग

समाचारदाता
नेपालगञ्ज, भदौ १६ । सुख्खाग्रस्त घोषित बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नोपल सरकारलाई ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभाका सांसद कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई विहिबार बुझाउनुभयो ।
सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण भित्र्याउने अवस्थाको धानबालीको ठूलो नोक्सानी बेहोर्नु परेका नरैनापुरका किसानले लामो समयको खडेरीको कारण धान समेत रोप्न नपाएको अवस्थामा पालिकाको सबै वडाका किसानलाई सिचाईको सुविधा हुने गरी डिप बोरिङ्ग जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
नरैनापुरमा खडेरीका कारण धान रोप्न साथै बर्षातमा लगाईने खेती समेत लगाउन नपाएको अवस्थामा आगामि दिनमा किसानले सुख्खा र खडेरी व्यहोर्न नपर्ने गरी आफुले प्रदेश र संघमा निरन्तर पहल गरेको सोही क्षेत्रबाट लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभाका सांसद नमूनाले जानकारी दिनुभयो ।


उनरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गतवर्षको बेमौसमी वर्षातले धान सखाप परेको अवस्थामा यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानको लागि राहत र सिचाईको लागि डिप बोरिङ्गको व्यवस्था गर्नु पर्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष शाहले बिहीबार नै अर्थमन्त्री जनार्दन शर्मा कर्णली प्रदेश जाने क्रममा नेपालगञ्ज पुगेको बेलामा नरैनापुरको अवस्थाको बारेमा अवगत गराएको र मन्त्री शर्माले आफुलाई नरैनापुरको समस्याको सम्बोधन हुने आश्वासन पाएको बताउनुभयो ।
जिल्लाको अन्न भण्डारको रुपमा आफ्नो परिचय बनाएको नरैनापुर गाउपालिकालाई सुख्खा क्षेत्र घोषणा गरीएको छ । खडेरीको कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीको कारण सुकेर गएकोले संघ र प्रदेशले नरैनापुरका लागि विषेश प्याकेज घोषणा गर्न आवश्यक रहेको पालिकाका अध्यक्ष शाहले माग गर्नुभयो ।
सो अवसरमा नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेत, कृषि शाखा प्रमुख सदन भण्डारीको उपस्थिति रहेको थियो ।
यसैबीच पालिका अध्यक्ष शाहले अर्थमन्त्री जनार्दन शर्मालाई नेपालगञ्जमा भेटगरी नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नष्ट हुन लागेपछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारबाट राहातको पहल गरी दिन आग्रह गर्नु भएको थियो ।
मन्त्री शर्माले भारतीय सीमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउँदै सुख्खाग्रस्त क्षेत्रका लागि बिशेष प्याकेज ल्याउने आश्वासन दिनुभएको थियो । बुधवार मात्रै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेर राहातका लागि हरसंभव प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
सुख्खाका कारण भोकमरी हुने आशंका बढेपछि सो क्षेत्रका सबै जनता त्रसित बनेका छन् । उनिहरुले सरकारले तत्काल उचित कदम उठाउनु पर्ने माग गर्दै आएका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *