१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने

नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्युजियमको स्थापना गरिएको छ ।
धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना भएको म्याजियम शनिवारदेखि सञ्चालनमा आउने क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ । साथै पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो ।
स्कुलका विद्यार्थीहरुका लागि छुटसहित टिकटको व्यवस्था रहेको जनाइएको छ । यसअघि धनगढीमा रहेको सो म्युजियम हेर्न नेपालका विभिन्न सहर र भारतका विभिन्न सहरबाट ठुलो संख्यामा पर्यटक पुग्ने गरेका थिए । त्यहाँ जग्गा प्राप्त नभएपछि सो म्युजियमलाई नेपालगञ्जमा सारिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
8
+1
4
+1
9
+1
2
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *