११ बैशाख २०८१, मंगलवार

नेपालगञ्जमा अखाद्य मिठाईको विगविगी, ८० किलो नष्ट गरियो

नेपालगञ्जमा अखाद्य मिठाईको विगविगी, ८० किलो नष्ट गरियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । तिहार नजिंकिदै गर्दा बाँके जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा सोमवार ठुलो परिमाणमा अखाद्य मिठाई फेला पारेको छ ।
सहरका विभिन्न मिठाई पसलमा अनुगमन गर्दा ८० किलो अखाद्य मिठाई भेटिएपछि नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो ।

उहाँले तिहार दिपावलीलाई लक्षित गरेर मिठाइ पसलहरुको अनुगमन गर्दा बिग्रीएको एवं खान अयोग्य ८० केजी विभिन्न प्रकारको मिठाई फेला परेपछि नष्ट गरिएको जनाउनुभयो ।
चाडपर्वको बेलामा बजारमा कृतिम मुल्य बृद्धि, म्याद नाघेका सामानको बिक्रि लगायत गुणस्तरहीन सामानहरु समेत विक्रि गरिने हुँदा अनुगमनलाई तिव्र पारिएको प्रवक्ता चौलागाईले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

उहाँले तिहारमा मिठाई सबैभन्दा बढी विक्रि हुने हुँदा उपभोक्ताले हानिकारक मिठाई खान नपरोस भन्ने उदेश्यले अनुगमन गरेर हानिकारक मिठाई नष्ट गरेर चेतावनी दिईएको बताउनुभयो ।
अनुगमनलाई निरन्तरता दिन र सबै पसलमा दुई तीन पटकसम्म अनुगमन गर्न नेपालगञ्जका सर्वसाधारणले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *