१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । बाँकेको नेपालगञ्जबाट फलामलाई सुन बताएर ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई १ किलो लेखिएको सुन जस्तो देखिने बिस्किट, करिब तीन लाख नगद तथा ४ लाखको चेकसहित प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नंवर २० राँझा चोक नजिक सुनको कारोबार भैरहेको सुचनाको आधारमा त्यहाँ पुगेको प्रहरीको टोलीले १ किलो लेखिएको सुनको बिस्कुट, २ लाख ७७ हजार रुपियाँ नगद तथा चार लाखको चेकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवैध रुपमा सुनको कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा राँझा चोकबाट नक्कलीे सुन र नगद तथा चेकसहित जाजरकोटको बारेकोट गाउँपालिका ६ का २२ बर्षीय राजु कार्की र सोही बारेकोट गाउँपालिका वडा नं– ८ का २९ वर्षीय पुर्ण बहादुर बिकलाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँले उनिहरुको साथबाट ४ लाख बराबरको चेक र नगद २ लाख ७७ हजार रुपियाँ समेत बरामद भएको जनाउँदै सुन जस्तो देखिने धातु भित्र फलाम र बाहिर लेप सुनको लगाएको विस्कुट सुन बताई विक्रि गरेर ठगी गर्ने कार्य हुन लागेको अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।
पक्राउ परेको धातुको बजारमा सुनारको पसलमा लगेर परिक्षण तथा तौल गर्दा ६ सय ग्राम रहेको र नक्कली सुन भएको पुष्टि भएको प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । सो बारेमा थप अनुसन्धान भैरहेको र ठगीमा मुद्दा चलाएर थप अनुसन्धान गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।
नक्कली सुनलाई असली बताई बजार मुल्य भन्दा कममा विक्रि गर्न खोजिएको पाईएको जनाउँदै प्रहरीले यस्ता ठगहरुबाट सावधान रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *