८ बैशाख २०८१, शनिबार

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा वरिष्ठ पत्रकार खान सम्मानित

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा वरिष्ठ पत्रकार खान सम्मानित

समाचारदाता
नेपालगञ्ज, फागुन १३ । नेपालगञ्जका वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका समाचारदाता सिराज खानलाई सम्मानित एवं पुरस्कृत गरिएको छ ।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै नेपालगञ्ज उद्योग बाणिज्य संघको ३१ औं साधारणसभाको अवसरमा शनिवार पत्रकार खानलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

संघको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री र सोही प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरी र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्र तथा नगदर प्रदान गरेर समाचारदाता खानलाई सम्मानित एवं पुरस्कृत गर्नुभयो ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल र पुर्व सदस्य मिना श्रेष्ठ प्रदेशसभा सांसदमा निर्वाचित हुनु भएकोमा उहाँ दुबैलाई पनि सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, उत्पादन गर्ने उद्योग लगायत सबैभन्दा पहिले सदस्यता नविकरण गराउने सदस्य, उत्कृष्ठ कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *