१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

सिराज खान
नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ ।
नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो ।
उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।
यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो ।
उहाँले यसअघि उपमहानगरपालिकामा जडान गरिएका सोलारलाइटहरु बल्न बन्द भएपछि समस्या भएकोले ईलेक्ट्रिक स्ट्रीट लाइटहरु जडान गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

आकोशपुल निर्माण र स्ट्रीट लाइटहरु जडानका लागि मंगलवार टेण्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होम बहादुर एसीले बताउनुभयो ।
उहाँले पाँच वटा आकाशे पुल निर्माणका लागि १० करोड रुपियाँको बजेट र स्ट्रीट लाइटहरु जडानका लागि ७ करोड बजेट विनियोजन गरिएको जनाउँदै ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने शर्त राखिएको बताउनुभयो ।
जमुनाहादेखि राँझासम्म हरेक ३० मिटरको दुरीमा स्ट्रीट लाइटहरु जडान गरिने तथा हाइमास्ट लाइट जडान भएको ठाउँमा सो भन्दा १५० मिटरको दुरीमा जडान गरिने प्रमुख एसीले बताउनुभयो ।
यसअघि मन्त्री राईकै निर्देशनमा जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिसकिएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।
सोही प्रकारले मन्त्री तथा सांसद राईकै निर्देशनमा पुष्पलाल चोकदेखि सिधनियाघाटको राप्तीपुलसम्मको सडकलाई फराकिलो गरी हाल ५.५ मिटर रहेकोमा बस्तीमा ११ मिटर नाला समेत तथा बस्ती बाहिर ९ मिटर बनाइने र बस्ती भएको ठाउँमा स्ट्रिट लाईट समेत जडान गर्ने टेण्डर आह्वान गरिसकिएको हुलाकी सडक आयोजनाले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
6
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *