१२ बैशाख २०८१, बुधबार

नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम

नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । नेपालगन्ज विमानस्थलमा देखिएकोअस्तव्यस्तता र जंगली जनावर धापनमार्गमा छिर्ने घट्नामा सुधार ल्याउन बासले विमानस्थल व्यवस्थापनलाई एक महिनाको अल्टिमेटम दिएको छ ।
एक महिनाभित्र सुधार नगरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत बासले मंगलवार नागरिक उड्डयन कार्यालय नेपालगञ्जलाई बुझाएको ज्ञापनपत्रमा दिर्ईएको छ ।
विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलवार विमानस्थलको मूल गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। विमानस्थलको मुल गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म विभिन्न प्लेकार्ड बोकेर जम्मा भएका बास नेपालका युवाले सो प्रदर्शन गरेको थियो ।
शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमानस्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशनपछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका प्रमुख सुवास झालाई ज्ञापन पत्र बुझाएको थियो ।


बासले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा नेपालगन्ज बिमानस्थलको धावनमार्गको छेउ, छाउमा भएको झाडी, बुट्यानका कारण पटक, पटक बिमानहरु स्याल, बँदेल जस्ता जनावरहरुसँग ठोक्किई दुर्घटना निम्त्याई रहेकाले १ महिना भित्र झाडी, बुट्यायन सफाई गर्नुपर्ने, बिमानस्थल भित्रको पार्किङ्ग व्यवस्थित गर्नुपर्ने, बिमानस्थलमा हुने भिडभाड नियन्त्रण गर्नुपर्ने, बिमानस्थल भित्र हुने एनाउन्स प्रभावकारी नभएको, आआफ्नो एअरलाईन्सका कर्मचारीले एनाउन्स गर्ने गर्दा प्रभावकारी नभएकाले तत्काल नागरिक उड्ययन कार्यालयकै कर्मचारीलाई सो जिम्मेवारी दिनुपर्ने र कार्यालयद्वारा सूचना अधिकारी तोकि आम नागरिकहरुलाई प्रदान गर्नुपर्ने सूचना नियमित रुपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ ।
उल्लेखित मागहरु सम्वोधन नभएमा चरणबद्ध रुपमा दवावमुलक कार्यक्रम सञ्चालन गर्ने ज्ञापनपत्रमा चेतावनी दिईएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


ज्ञापन पत्र बुझ्दै नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले समस्या समाधानको चरणमा रहेको बताउनु भयो । उहाँले विमानस्थलको समस्या सबैको सझाँ समस्या रहेको भन्दै सबैलाई सहयोग गर्न अपिल गर्नुभयो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा कार्यालय प्रमुख झालाई ज्ञापन पत्र बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, महासचिब शिब कुमार बर्मा र कार्यवाहक कोषाध्यक्ष दिला शाहले बुझाएका थिए ।
बिमानस्थलको धावनमार्गको छेउ, छाउमा भएको झाडी, बुट्यानका कारण गत दुई महिनाको अवधीमा तीन पटक जनावरसंग विमानहरु ठोक्किएका थिए । विमानस्थल वरिपरिको तारजाली मर्मत नगरिए तथा झाडी, बुट्यान सफा नगरिए कुनै पनि बेला ठुलो दुर्घटना हुने संभावना रहेको छ ।
विमानस्थलको सरसफाई तथा तारजाली जडान गर्न निजि विमान कम्पनीका कर्मचारी र सर्वसाधारण दुबैले पटक पटक माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *