२२ जेष्ठ २०८०, सोमबार

नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

बढैयातालका १० किसानलाई बीमा भुक्तानी गरियो
सिराज खान
नेपालगञ्ज, पुस २६ । कृषि विमा अन्तरगत, नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ ।
एनएलजी बिमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, फिड द फ्युचर, लुम्बिनी सीड कम्पनी, गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालि लगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बिमा सुरु गरिएको हो ।
सोही अनुसार बीमा गराएर धान वाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम बिमा कम्पनीद्वारा वितरण गरिएको एनएलजी बिमा कम्पनीका प्रतिनिधि अनु हमालले बताउनुभयो ।
उहाँका अनुसार बढैयाताल गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कृषिसाखा प्रमुख, एनएलजी बिमा कम्पनी लि, सिआइएमएमवाईटी नेपाल, सीड कम्पनी गेट नेपाल र सीड इनोभेसन्स प्रा.लिका प्रतिनिधिहरुको उपस्थितिमा क्षति भएका किसानहरूलाई क्षति बराबरको रकम ३ हजार ४०० देखि ३३ हजार रुपियाँसम्म चेक मार्फत हस्तान्तरण गरिएको छ ।
सुरुमा पानी नपरेर खडेरीको समस्या, किराहरूको समस्या र अन्ततः गत दशैंमा ठूलो पानी आएर डुवानको समस्याले धानवालीमा क्षती पुगेपछि सोही क्षति अनुसारको रकम बीमा गराएका किसानलाई उपलब्ध गराईएको जनाईएको छ ।

बीमा अवधिभर किसानहरुले आफ्नो वालीमा भएको सम्पूर्ण गतिविधि वालीको स्वास्थ्यस्थिति, बालीक्षति सबैको प्रमाण स्वरूप आफ्नो मोवाइलबाट प्लान्टस्याट कृषि बीमा एप प्रयोग गरि निरन्तर सजिलैसँग फोटोहरू खिचेर पठाउनु भएको सीड इनोभेसन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत र संस्थापक सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार धान क्षति भएका किसानले समयमै एपद्वारा फोटो पठाएर र विमा कम्पनीलाई फोन अनि मेसेज गरेर क्षतिको दाबी पनि गरेको जनाउनुभयो ।
सीड इनोभेसन्स प्रालिद्वारा निर्मित प्लान्टस्याट डिजिटल विमा प्रविधिको प्रयोग गरि बिमालाई सहज, छिटो र छरितो होस् भन्ने उद्देश्यका साथ भू–उपग्रह स्वचालित मौसम स्टेशनहरू र किसानले मोबाइल एप मार्फत खिचेको फोटो÷विडियो सहितको प्रक्रिया मार्फत अनुगमन गरिएको प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक घिमिरेको भनाईछ ।
क्षति दाबी गर्नु भएको किसानको खेतमा गई अन्तराष्ट्रिय मापदण्ड अनुसार किसानको खेतको क्षेत्रफल हेरेर किसानको उत्पादन निकाली त्यही उत्पादनका आधारमा किसानको क्षति कति भयो भन्ने पुष्टि गरिएको थियो ।
सरकारले तोकेको सीमाभन्दा बालीको उत्पादन घटेको अवस्थामा किसानहरूले बीमा दाबी गर्न पाउने व्यवस्था छ । बीमा दावी भुगतान गर्न औसतन ३ देखि ६ महिना लाग्ने भएपनि डिजिटल प्रविधि मार्फत ४५ दिन भन्दा कम समयमा सफलतापुर्वक भुगतान गरिएको कम्पनीले जनाएको छ ।
जलवायु परिवर्तन एवम् विभिन्न जोखिमहरुको अवस्थाबाट किसानको बाली सुरक्षित र किसानलाई प्रोत्साहन गराउनका लागि सरकारले बिमामा लाग्ने शुल्कको ८०% नेपालभर कृषि र पशु दुबैमा बेहोरिरहेको छ । तर, प्रदेश नं ५ र ७ मा रहेको २०% पनि प्रदेश सरकारले बेहोरिरहेको कुरा सबै किसानलाई अवगत गराउनसके धेरै भन्दा धेरै किसानलाई बीमातर्फ आकर्षित गराउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *