१६ आश्विन २०७९, आईतवार

नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

जी आर भुषाल
नेपालको पैसा कता गयो भन्ने प्रश्न अहिले धेरै उठ्न थालेको छ, यसमा धेरै बहस भैरहेको छ, कसैले सिरानी मुनि राखेको छ भन्छन त कसैले भ्रस्टाचार भो पैसा लुक्यो भन्ने खालका कुराहरु गर्ने गर्दछन । बैंकमा तरलता अभाव भएको विषय अहिले आर्थिक मात्र नभई अन्य क्षेत्रको पनि चासोको विषय बनेको छ । अहिले नेपाली बजारले निकै तरलता अभाव खेपीरहेको छ र थुप्रै ब्यक्तिहरुको मुखमा यस्तो अभाव कसरी भयो ? भन्ने सवाल पटक पटक उठेको देखिन्छ सुनिन्छ ।
नेपालमा अबैधानिक तरिकाले कमाएको पैसा समेत सजिलै बैंक च्यानल तथा विभिन्न ठाउमा ठेगान लगाउन मिल्ने र यहाँ सम्पत्ती शुद्धिकरण पनि खासै प्रभावकारी नभएको हुँदा ठूलो परिमाणमा लुकेको पैसा छ जस्तो मलाइ लाग्दैन । त्यसैले बजारमा आउने तरलताका विषयमा मैले बुझेको कुरा यहाँ सर्वसाधारणलाई स्पस्ट पार्न कोशिस गरेको छु ः
नेपालमा खास पैसाको दुई प्रकारको मुद्रामा बचत,आम्दानी र भुक्तानी प्रणाली छ ।
१ आन्तरिक नेपाली रुपैयाँ ।
२ बैदेशिक भारु अथवा डलरहरु आदि ।
हामीसंग भएको नेपाली मुद्राले बिदेशी सामान हाम्रो देशका ब्यपारिले किन्दा भारु अथवा डलरमा खरिद हुन्छ जस्लाइ ब्यपारिको खातामा रहेको नेरुसंग सटही गरेर रास्ट्र बैंक मार्फत सम्बन्धित देशमा सम्झौता अनुसारको वैदेशिक मुद्रामा भुक्तानी गर्ने गर्दछ । यसरी भुक्तानी भएर नेपालमा आयात भएका सामाग्रीहरु हामी नेपाली मुद्रामा खरिद गरि रहेका हुन्छौ ।
सरकारले आफै बिदेशबाट विभिन्न तरिकाले बस्तु तथा सेवा खरिद, विभिन्न ऋणदाताहरुलाइ ब्याज तथा सावाँ र विभिन्न देशलाइ अनुदान दिने जस्ता कृयाकलापमा वैदेशिक मुद्रा प्रयोग हुन्छ, जस्लाइ साट्नका लागि सरकारले नेपाल रास्ट्र बैंक मार्फत बैदेशिक मुद्रामा गर्छ र भुक्तानी हुन्छ ।
यहाँनेर हामीले साथै ब्यापारि तथा सरकारले बुझ्न जरुरी के छ भने हाम्रो देशमा वैदेशिक मुद्रा आउने भनेको हाम्रो देशबाट हुने बस्तु निर्यातको बिल भुक्तानी हुँदा आउने बैदेशिक मुद्रा, बिदेशवाट आउने रेमिटेन्स हो, विभिन्न वैदेशिक ऋण तथा अनुदान हो ।
रेमिटेन्सको हकमा चै बिदेशवाट पठाएको पैसा डलरमा आउने र रास्ट्र बैंकमा त्यसपछी उक्त रकम नेपाली रुपैयाँमा सटही गरेर सबन्धित पैसा प्राप्त गर्ने ब्यक्तिले नेपाली रुपैयाँमा प्राप्त गर्छ ।
यसलाइ छोटकरिमा बुझ्नका लागि अझ सजिलो बनाउने कोसिस गर्दै छु ः
क. नेपाल सरकारले वा नेपालका उद्योगि ब्यापारिहरुले निर्यात गर्ने बस्तु तथा सेवा, बिदेशबाट आउने रेमिटेन्स, बैदेशिक अनुदान, बैदेशिक ऋण तथा ब्याज आम्दानी, नेपाल भित्र हुने विभिन्न अनलाइन पेमेन्ट (बिदेशवाट हुने मात्र) आदि भुक्तानी हुँदा नेपालमा रहेका उक्त कारोवार रकम रास्ट्र बैंकसम्म बिदेशी मुद्रामा आउँछ र रास्ट्र बैंक मार्फत सरकारको तथा सम्बन्धित निर्यातकर्ता र रेमिटेन्सको हकमा पठाइएको ब्यक्तिको खातामा भने नेपाली रुपैयाँ आउने गर्छ र नेपालमा नेपाली मुद्राको तरलता वृद्धि हुन्छ।
ख. नेपालमा आयात हुने बस्तु तथा सेवा आदिको बिल भुक्तानी, वैदेशिक ऋणको सावा ब्याज भुक्तानी, विभिन्न वैदेशिक अनलाइन मार्फत हुने खरिद सम्बन्धी कारोवारहरु आदि सबैमा हाम्रो अथवा सरकारको खातामा भएको नेपाली मुद्रा रास्ट्र बैंकमार्फत बैदेशिक मुद्रामा सटही भएर भुक्तानी हुन्छ जसले नेपाल भित्र रहेको हाम्रो नेपाली मुद्रा कम हुने गर्दछ यसले नेपाली मुद्राको तरलता अभाव गराउछ ।
फर्मुलामा हेर्दा
क–ख = धनात्मक (+) मा छ भने तरलता वृद्धि वा ऋणात्मक (–) मा छ भने तरलता कमी ।
यहिनेर बुझ्ने कुरा यदि ऋणात्मक हुँदै गयो भने हाम्रोमा वैदेशिक घाटा बढ्यो र तरलता अभाव हुन शुरु हुदैछ भन्ने बुझ्नु पर्दछ ।
आन्तरिक तरलतामा भने नेपाल सरकारले हामीवाट उठाएको कर विभिन्न भुक्तानी मार्फत पुनः बजारमा आयो र सो रकम बैंक च्यानलमा रह्यो भने भनेपनि नेपाली मुद्राको तरलता वृद्धि हुने गर्दछ ।
बैदेशिक बजारमा हाल तेल तथा अन्य बस्तुको व्यापक मुल्य वृद्धि भएको हुनाले हामी संग बचतमा रहेको करिव ( १०+ अर्व डलर) घट्दो क्रममा छ । उहीँ बस्तु उहीँ परिमाणमा महँगोमा खरिद गर्नु पर्दा हाम्रो बैदेशी ब्यापार घाटा अत्यधिक बढ्न जाने गर्दछ । हामीसंग भएको वैदेशिक मुद्रा संचिति कम हुँदै जादा हाम्रो नेपाली मुद्राको क्रयशक्ति कम हुँदै जाने हुदा धेरै पैसा तिरेर बस्तुहरु खरिद गर्नु पर्ने हुन्छ र बैदेशिक मुद्रा अत्यधिक कम भो भने हामिमाझ भएको मुद्राले सामान किन्न नसक्ने पनि हुन सक्छ ।
सचेत बनौं देश ठूलो आर्थिक संकटमा जाने विभिन्न सूचकांकहरुले देखाएका छन् । ढिला नगरी आन्तरिक उत्पादन वृद्धि तथा आन्तरिक बस्तुको खपत वृद्धि नगरी अर्थतन्त्रल सबल नहुने अवस्थामा पुगेका छौं । ( लेखक नेपालगञ्जका व्यवसायी हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.