१६ चैत्र २०८०, शुक्रबार

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

सिराज खान
नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले ७० मतका साथ बिजय हासिल गर्नु भएको हो ।
अजिज किराना स्टोरका प्रोपराईटर मन्सुरी व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले अध्यक्ष रहनु भएका मन्सुरी नेपालगन्ज किराना तथा खाद्यान व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ।
त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान र जुझारु युवा व्यवसायी हुनुहुन्छ ।

मन्सुरीलाई विजयी गराउन नेपालगञ्जका सबै राजनितिक विचार पेशा व्यवसायका अगुवा व्यावसायीहरु काठमाण्डौ पुग्नु भएको थियो । उहाँले आफ्नो जितलाई उद्योगी व्यवसायीको एकताको परिणामस्वरुप हेर्नु भएको छ । उहाँले आफुलाई सबै विचार र समुहका व्यवसायीको सहयोग र समर्थन मिलेकोलेनै आफु विजयी भएको बताउनुभयो ।
गत निर्वाचनमा केन्द्रिय सदस्यका उम्मेदवार नन्दलाल वैश्य पराजित हुनु भएको थियो । तर, यस पटक नेपालगञ्जका व्यवसायीविच अभूतपुर्व एकता देखिएकोले नै मन्सुरीको जित भएको अधिकांश व्यवसायीको भनाई छ ।
मन्सुरीलाई जिताउन संघका पुर्व अध्यक्षहरु सुनिल शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, महासचिव चिरन्जीवी ओली, व्यवसायीहरु भिम रानाभाट, टंक धामी, दिपेन्द्र विष्ट, श्याम सुन्दर अधिकारी, सन्जय थापा, बासु भण्डारी, बसन्त लामिछाने लगायतका व्यवसायीहरु काठमाण्डौ पुगेर खटिनु भएको थियो ।
नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ । अर्कोतर्फ सरकारले ल्याएका नयाँ नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् ।
यस्तो अवस्थामा आफुले जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गरिरहेको र भविष्यमा पनि गर्ने मन्सुरीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *