१९ बैशाख २०८१, बुधबार

नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान आइतवारबाट फेरी शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि सो एयरलाईन्सले नेपालगञ्ज–हुम्ला उडानशुरु गरेको हो ।
कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन ।
यो उडान शुरु गरिएपछि नेपालगञ्जबाट हुम्ला जाने र फर्किने यात्रुलाई उचित भाडादरमा यात्रा गर्न सहज भएको छ । यसअघि हप्ताको एक उडान भर्दै आएको सो एयरलाइन्सले अब नियमित उडान भर्ने जनाएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि सो रुटमा सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउनेछन् । सिमकोटमा यात्रुको चाप भएकोबेला यसबाट धेरै सहज भएको जनाईएको छ । अघिल्ला वर्ष दशै तिहारमा नियमित उडान भर्ने नेपाल एयरलाइन्स दशैभरि उडान भर्न सकेको थिएन ।
नेपाल एइरलाइन्सले जहाज संख्या कम भएकाकारण उडान भर्न नसकिएको जनाउँदै आएको थियो । केही दिन अगाडि मन्त्री आलेले पश्चिम नेपालको पहाडी तथा हिमाली जिल्लामा उडान नियमित भर्न निर्देशन दिनुभएकोले उडान शुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *