४ बैशाख २०८१, मंगलवार

नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ फागुन । भारतको उत्तर प्रदेशमा भैरहेको विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपाल भारत बोर्डर ६० घण्टाका लागि बन्द गरिएपनि तस्करी र अवैध आयात जारी नै छ ।
बोर्डर बन्द रहेकै अवस्थामा तस्करहरुले अवैध रुपमा सामान भित्रयाउने काम भने जारी नै राखेका छन् । बोर्डर बन्द रहेकै बेला सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएको करिब तीन लाख रुपियाँ बराबरका अवैध लत्ताकपडा नेपालगन्ज नाकाबाट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा गएको सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको कमान्डमा गएको टोलीले २ लाख ७२ हजार ३८० रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडामा लेडिज सुट, लेडिज साडी, नेटको थानको कपडा, थानको कपडा, जेन्टस अन्डवेयर रहेका छन् ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *