३१ जेष्ठ २०८१, बिहीबार

प्रदेश कृषिमन्त्रीद्धारा किसानलाई आधुनिक कृषि यन्त्र र चल्ला वितरण

प्रदेश कृषिमन्त्रीद्धारा किसानलाई आधुनिक कृषि यन्त्र र चल्ला वितरण

सिराज खान
नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमिब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठुला बडाले सरकारी सहयोग लिने गरेको गुनासो बारम्बार आउने गरेको जनाउँदै सो बारेमा वर्तमान गम्भीर र सचेत रहेको बताउनुभयो ।
शनिवार नेपालगन्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंक्षीपालक किसानलाई निशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो बताउनु भएको हो । सो अवसरमा उहाँले पशुपंक्षी उत्पादन बृद्धि गर्दै किसानलाई व्यवसायीक कार्यतर्फ आकर्षित गर्ने उदेश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री अहिरले भन्नुभयो–‘कुन क्षेत्रमा के के राम्रो उत्पादन हुन्छ सो को अध्ययन गरेर सरकारले किसानलाई विभिन्न सहयोग गरि प्रोत्साहन गर्नेछ । किसानले उत्पादन गरेको पशुपंक्षीको बजारीकरणमा पनि सरकारले सहयोग गर्नेछ ।’
उक्त अवसरमा मन्त्री अहिरले बाँकेका २३ जना किसानलाई च्याप कटर मेसिन र पम्पींग सेट मेसिन वितरण गर्नुभयो । सोही अवसरमा उहाँले गरीब, अल्पसंख्क तथा दलित समुदायका २० जनालाई जनही ५० वटाको दरले कूखुराको चल्ला पनि वितरण गर्नुभयो ।
कृषि उपकरण र चल्ला पाएका किसानले पहिलो पटक यसरी सरकारी सहयोग पाएको जनाउँदै यसबाट उत्पादन बृद्धिका लागि विशेष सहयोग पुग्ने आशा प्रकट गरेका थिए ।
सो अवसरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बाँकेका अधिकांश किसानले आधुनिक उपकरण मार्फत आधुनिक तरिकाले कृषि र पशुपालन गर्दै आएको जनाउँदै उनिहरुलाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि निरन्तर प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *