७ बैशाख २०८१, शुक्रबार

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

समाचारदाता
नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो ।
प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाको एउटै साझा उद्देश्य रहेको र सो उद्देश्य प्राप्तिका लागि प्लान इन्टरनेशनल नेपालले शिक्षा, संरक्षण, प्रारम्भिक बालविकास, युवा सशक्तिकरण, खानेपानी तथा सरसफाइ, कोभिड रेस्पोन्स कार्यक्रमलगायतमा साझेदार संस्थासगँ मिलेर दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरुले प्लानले कर्णालीका विभिन्न १५ वटा स्थानीयतहमा कार्य गरिरहेकोमा यसको कार्य क्षेत्र बढाउन आग्रह गरेका छन् । कार्यक्रमा अतिथिहरुबाट आएका जिज्ञासाको सम्बोधन प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय कार्यालय पश्चिमका प्रमूख मीना पराजुलीले गरेकी थिईन ।
कार्यक्रममा प्लान इन्टरनेशनलको क्षेत्रीय कार्यालय सुर्खेका कार्यक्रम विशेषज्ञहरुले प्रारम्भिक बालविकास, बाल संरक्षण, बालविवाह, छिटो विवाहतथा जबरजस्ती गरिने विवाह, नेतृत्व तथा निर्णय जसमा किशोरी तथा युवामहिलाहरुको नेतृत्व तथा निर्णयको अधिकार, समावेशी तथा लैङ्गिक रुपातरण मुखी शिक्षाका बारेमा जानकारी दिईएको थियो । २०२३ सम्म ५ लाख किशोरीसम्म पुग्ने योजनालगायतका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सामाजिक विकास मन्त्रालयका महाशाखा÷शाखा, शिक्षा विकास निर्देशनालय, योजना आयोग, मानव संशाधन विकास केन्द्रआदीको उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *