७ बैशाख २०८१, शुक्रबार

फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

सिराज खान
नेपालगञ्ज, पुस १३ । सामाजिक संजाल फेसबुक पेजमाफर्त अनलाईन ठगी कार्यमा संलग्न रहेका बर्दियाका रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । थारुलाई पुस १२ गते पक्राउ गरेर आज मंगलवार महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो ।
उहाँले बिभिन्न ब्यक्तिहरुको नागरीकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई अनलाईन मार्फत डीएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेर खरिद गर्न चाहाने ग्राहकबर्गहरुसंग एडभान्स मागेर सामान नपठाउने काम गर्दै आएका जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसंग समन्वय गरी महानगरीय अपराध महाशाखाले पक्राउ गर्न लगाएको बताउनुभयो ।
थारुलाई सोमवार कोहलपुरबाट पक्राउ गरिएको र मंगलवार काठमाण्डौ महानगरीय अपराध महाशाखामा पठाईएको कोहलपुरका प्रहरी प्रमुख डीएसपी खनालले बताउनुभयो ।
थारुले क्यामेरा खरिद गर्न चाहनेलाई सम्पर्क नम्बर ९७४५५४१४५६ समेत दिई क्यानान ८० मोडेलको क्यामराको मूल्य रु ७८,०००।– लाग्ने र ५० प्रतिशत रकम पहिला पठाउनु भनी ग्राहकबर्गहरुले सामान डेलिभरी गर्नु पुर्व केही रकम आइएमई पे वा ईसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्क बिहिन भई ठगी गर्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको प्रक्रिया शुरु गरिएको र यस्ता अनलाइन ठगहरुबाट सावधान रहन सर्वसाधारणलाई सुचना नै जारी गरेर सचेत गरिएको काठमाण्डौ महानगरीय अपराध महाशाखाले आफ्नो आधिकारिक पेज मार्फत जानकारी गराएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका ठगीका घट्नाहरु बढ्दै गएको प्रहरीले् जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
10
+1
1
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *