१५ चैत्र २०८०, बिहीबार

बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

सिराज खान
नेपालगञ्ज, माघ १९ । भारतका धेरै ठाउँमा बर्डफ्लु देखिएकोले बर्डफ्लु भित्रिने अत्याधिक जोखिमका विच पनि भारतबाट कुखुराको अवैध आयाते रोकिएको छैन ।
बर्डफ्लु भित्रिने आशंकाकै कारण भारतबाट कुखुराको आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाएर सीमानामा कडाई गरिएपनि भारतबाट दिनदिनै तस्करहरुले कुखुरा भित्र्यान भने छोडेका छैनन् ।
पछिल्लो पटक मंगलवार नेपालको पुर्वि जिल्ला मोरंगको सीमानामा पनि कुखुरामा बर्डफ्लु देखिएको छ ।
प्रहरीले बेला बेलामा अवैध रुपमा ल्याईएका कुखुरा नियन्त्रणमा लिंदै आएपनि ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा कुखुरा आइरहेकोले बर्डफ्लु भित्रिन सहयोग पुगिरहेको किसान र व्यवसायीको आरोप छ ।
पछिल्लो पटक मंगलबार प्रहरी र शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएका ठुलो परिमाणका कुखुरा नरैनापुर र जानकीबाट बरामद गरेको छ ।
स्थानीय व्यवसायी र किसानले यसरी कुुखराको अवैध आयात जारी रहने हो भने बर्डफ्लु भित्रिने जनाउँदै त्यसपछि एकातिर मानव संकटमा पर्ने र अर्कोतिर आफुहरुको व्यवसाय सखाप हुने बताएका छन् ।
बाँकेका कुखुरापालक व्यवसायी मुख्तार राईले यदि स्वास्थ्यका लागि हानिकारक कुखुराको आयात रोकिएन भने मानिसको ज्यान जोखिममा पर्नुका साथै व्यवसाय पनि सखाप हुने हुँदा प्रहरी प्रशासन त्यसतर्फ सचेत र सतर्क हुनु आवश्यक रहेको बताउनुभयो ।
बर्डफ्लुकै कारण भारतमा कुखुराको माग र मूल्यमा कमि आएपछी सस्तो भएकोले नेपालका व्यापारीले लुकाईछिपाई हानिकारक कुखुरा भित्राउने गरेको नेपालगञजस्थित पशु क्वारेन्टाइनले जनाएको छ ।
भारतका विभिन्न सहरमा बर्डफुल् रोगको संक्रमण देखिकोले नेपालमा पन्छी र पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको भएपनि आयात भने लुकीछिपी जारी नै रहेको सो कार्यालयले जनाएको छ ।
उता, बाँके प्रहरीले भने भारतबाट कुखुरा भित्रिन नदिन अतिनै कडाई गरिएपनि भित्रिने क्रम जारी रहेको पाईएकोले थप कडाई गर्ने जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बर्डफ्लु भित्रिने डरले भारतबाट कुखुराको आयातमा प्रतिवन्ध लगाइएको जनाउँदै विभिन्न नाकामा कडाई गरेर कुखुरालाई कुनै पनि हालतमा भित्रिन नदिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *