७ बैशाख २०८१, शुक्रबार

बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

समाचारदाता
नेपालगञ्ज, जेठ ३ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा उद्योगी व्यवसायी, स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।
लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो संवादको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो संवादमा कार्यक्रममा पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको जानकारी गराईएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्रकारका योजना र कार्यक्रम ल्याउने जनाउँदै लैंगिकताले त्यसमा कुनै बाधा व्यवधान नहुने विश्वस्त पारेको बताउनुभयो ।

कार्यक्रममा सहजीकरण निरज न्यौपानेले गर्नु भएको थियो भने बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी र मध्वति सहकारीका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटा लगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि सबै सरोकारवालाले लैङ्गिक असमझदारी समाप्त पोरर युवा महिलालाई अवसर र रोजगारीबाट बन्चित हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले लैङ्गिक समानता र राज्यको मामिलामा महिलालाई मूलप्रवाहमा ल्याउने, महिला र पुरुषबीचको समझदारी, युवा महिलाको सशक्तीकरण र रोजगारी सिर्जनाका लागि सरोकारवालाको जिम्मेवारी र भूमिकामा केन्द्रित रहेको संवाद कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो ।
सो संवाद कार्यक्रममा उद्योग व्यापार संघका प्रतिनिधि, अभिभावक र स्थानीय सरकारका प्रतिनिधिका बीचमा विभिन्न छलफल गरिएको थियो । सो कार्यक्रममा अभिभावक, लाभग्राही र आयोजनाका कर्मचारीहरु गरी ३४ जना सहभागी भएका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *