८ बैशाख २०८१, शनिबार

बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो ।
नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो ।
लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो ।
प्युठानको खैरामा जन्मनु भएका आचार्य लामो समय सरकारी जागिरमा रहेपनि कर्मचारीकै हैसियतमा राजनितीमा पनि सक्रिय भएर कर्मचारी आन्दोलनमा लागेकोले जागिर गुमेपछि उहाँले नेपालगञ्जमा व्यवसाय र राजनिती गर्दै आउनु भएको थियो । स्वर्गिय आचार्यका श्रीमती सहित १ छोरा र ३ छोरी छन् ।
उहाँको निधनको खबर सुन्ने वित्तिकै ठुलो संख्यामा व्यवसायी र राजनितिक दलका नेता कार्यकर्ताहरु उहाँको निवासमा पुगेका छन् ।
अहिले उहाँको शवलाई घरमै राखिएको छ भने दिउँसो नेपालगञ्ज उद्योग वाणिज्य संघ अगाडी लगेर श्रद्धान्जली सभाको आयोजना गरि सिधनियाघाटमा लगेर अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *