१३ बैशाख २०८१, बिहीबार

बाँकेमा सबैभन्दा बढी कर तिरेको भन्दै मंगल हार्ड वेयर र लक्ष्मी प्लाष्टिकलाई सम्मान

बाँकेमा सबैभन्दा बढी कर तिरेको भन्दै मंगल हार्ड वेयर र लक्ष्मी प्लाष्टिकलाई सम्मान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले १० औं राष्ट्रिय कर दिवस को अवसरमा बाँकेमा सबैभन्दा बढी कर तिर्ने करदातालाई बुधवार नेपालगञ्जमा सम्मान गरेको छ ।
कर दिवस तथा कर सप्ताहको उदघाटनका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमसेर राणा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले बाँके जिल्ला भरिमा सबै भन्दा बढी कर दाखिला गर्ने मंगल हार्ड वेयरका मंगल अग्रवाल र विनोद अग्रवाल तथा लक्ष्मी प्लाष्टिक प्रालिका संचालक जय गोपाल श्रेष्ठ र रमेश जयसवाललाई सम्मान गर्नुभयो ।
सोही अवसरमा आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा इन्द्रा सापकोटालाई उकृष्ट कर्मचारी घोषित गरेर सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई दोसल्ला र फुलको माला लगाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा धवल समसेर राणाले राष्ट्र निर्माण र समृद्ध नेपालको लागि राज्यलाई बढी भन्दा बढी कर तिर्नु कुरामा जोड दिनुभयो ।
कर अधिकृत हिमालय बमले संचालन गर्नु भएको सो कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत जय बहादुर भण्डारी,नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत गुरुदत्त सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरन्जीवी ओली र घरेलु तथा साना उद्योग कार्यालय प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्तिथि रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

मंसिर १ गतेदेखि ७ गतेसम्म मनाइने कर सप्ताह अन्तर्गत विहिबार नेपालगञ्ज उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीलाई कर शिक्षा प्रदान गरिने तथा अन्य दिनमा कोहलपुर र बर्दियाको गुलरियामा समेत कर शिक्षा प्रदान गरिने योजना रहेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *