७ बैशाख २०८१, शुक्रबार

बाँके युनेस्कोद्धारा तीन महिने सिलाई कटाई तालिम सम्पन्न, प्रमाणपत्र वितरण

बाँके युनेस्कोद्धारा तीन महिने सिलाई कटाई तालिम सम्पन्न, प्रमाणपत्र वितरण

समाचारदाता
नेपालगञ्ज, माघ २४ । बाँके युनेस्को क्लबले पिडित महिला तथा युवतीहरुको आत्मनिर्भरताका लागि तीन महिने सिलाई कटाई तालिम प्रदान गरेर प्रमाणपत्र र सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा तथा रुपान्तरण ( प्रोटेक्ट ) परियोजना अन्तर्गत बाँकेका चार पालिकाका घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसा र सम्बन्ध विच्छेद भएका अतिपिडित महिला र युवतीहरुको आत्मनिर्भरताका लागि सो तालिम प्रदान गरिएको हो ।
सिईटीभिटि अन्तर्गत सिलाई कटाई तालिम सम्पन्न भैसकेपछि तालिमका सफल सहभागिहरुलाई एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

तालिममा बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाका पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, प्लान नेपालका परियोजना अधिकृत सन्तोष पुलामी, कार्यक्रम अधिकृत विनिता आरसी लगायतले तालिमका सफल सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर शंकर सिंह थारु, आशा गुरुंग र रजनी विक लगायतको पनि उपस्थिति रहेको थियो ।
सिईटीभिटि अन्तर्गत आयोजना गरिएको सो सिलाई कटाई तालिममा २० जना महिला र युवतिको सहभागिता रहेकोमा १८ जनाले स्किल टेस्टका लागि आवेदन दिएको भएपनि १२ जना मात्र परिक्षामा सफल भएकोले उनिहरुलाई प्रमाणपत्र वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *