१५ चैत्र २०८०, बिहीबार

बि ग्रुपद्धारा डुडुवाका ५२ कृषक समुहलाई पीपीई सेट वितरण

बि ग्रुपद्धारा डुडुवाका ५२ कृषक समुहलाई पीपीई सेट वितरण

समाचारदाता
नेपालगञ्ज, पुस ९ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले बाँकेको डुडुवा गाउँपालिकाको ५२ कृषक समहुहरुलाई व्यक्तिगत सुरक्षाका लागि पीपीई सेट वितरण गरेको छ ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनियामा रहको जनएकता बहुउदेश्यीय सहकारी संस्थामा आवद्ध कृषक समुहहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले कृषकको सुरक्षालाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएकोले यसबाट राम्रो परिणाम आउने बताउनुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराज मिश्र र जनएकता बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रफिक खाँले किसानको व्यक्तिगत सुरक्षाका लागि वितरण गरिएको पीपीई सेटले सुरक्षामा महत्वपुर्ण भूमिका निर्वाह गर्ने जनाउँदै वितरण गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।

सो कार्यक्रममा बी ग्रुपका परियोजना संयोजक इन्द्रजित सुनारले परियोजनाको उदेश्य बारे विस्तृत रुपमा जानकारी गराउँदै स्वागत गर्नु भएको थियो भने एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापाले पीपीई वितरणको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा किसानलाई पीपीई सेटको प्रयोगका बारेमा जानकारी गराउन एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की र बी ग्रुपका कृषि प्राविधिक लक्ष्मी प्रसाद आचार्यले पीपईको प्रदर्शनी गर्नु भएको थियो ।
कार्यक्रममा डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धन बहादुर बुढा, कृषि शाखाका हनुमान यादव, हिरमिनिया स्वास्थ्य चौकी प्रमुख सिताराम चौधरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बी ग्रुपका धना रावलले गर्नु भएको थियो ।
पीपीई सेट पाएपछि कृषकहरुले खुशी व्यक्त गर्दै यसले व्यक्तिगत सुरक्षामा ठुलो सहयोग पुग्ने प्रतिक्रिया दिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *