१३ बैशाख २०८१, बिहीबार

भारतबाट कुखुराको अवैध आयात नरोकिंदा नेपाली किसान र व्यवसायी ठुलो समस्यामा

भारतबाट कुखुराको अवैध आयात नरोकिंदा नेपाली किसान र व्यवसायी ठुलो समस्यामा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १८ । सरकारले आयातमा प्रतिवन्ध लगाएपनि धेरै लामो समयदेखि भारतबाट कुखुराको अवैध आयात भैरहेकोले नेपाली किसान र व्यवसायी अत्याधिक मारमा परेका छन् । उनिहरुले भारतबाट ल्याईएको गुणस्तरहीन कुखुरासंग मुल्यमा प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै धरापमा परेको गुनासो गरेका छन् ।
भारतबाट अवैध रुपमा भित्रिने केुखरालाई रोक्न नसकेकोले धेरै किसान र व्यवसायीले व्यवसायनै छोडेर बसेको व्यवसायीले जनाएका छन् । तर, उनिहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेको पनि बताएका छन् ।
ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा तस्करी भैरहेकोले आफुहरु झनै मर्कामा परेको उनिहरुको ठुलो गुनासो छ । प्रहरीले पक्राउ नगर्दा किसान र व्यवसायी सो आयात रोक्न आफै मैदानमा कस्सिएको पनि उनिहरुले बताएका छन् ।

प्रहरीले पक्राउ नगरेपछि आफुहरुले गएर प्रहरी बोलाई नरैनापुरबाट १२ क्विन्टल अवैध कुखुरा पक्राउ गराएको जनाउँदै कादरी पोलटरी फार्मका सञ्चालक मुनिजर खाँले उनिहरुलाई कडा कारवाही गर्नुपर्ने र सो अवैध कार्य प्रहरीले जसरी पनि रोक्नुपर्ने बताउनुभयो ।
उहाँले करोड भन्दा बढी ऋण लिएर शुरु गरेको कुखुरापालन भारतबाट आउने कुुखुराका कारण धरापमा परेको र ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । प्रहरीले कुखुराको अवैध आयात रोक्न नसकेपछि मंगलवार जिल्लाका एक दर्जन भन्दा बढी कुखुरा व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणको पहल गरिदिन आग्रह गरेका छन् । प्रजिअलाई आफ्नो दुखेसो सुनाउन आएको जनाउँदै व्यवसायी खाँले भारतबाट आउने कुखुराको आयातमा कडाई गरेर रोक्नै पर्ने बताउनुभएको छ ।
व्यवसायीको सहयोगमा बाँके प्रहरीले नरैनापुरबाट ठूलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरीको टोलीले करिव १२ क्विन्टर अवैध कुखुरा बरामद गरेको बाँकेका एसपी श्याम अधिकारीले जानकारी दिनुभयो । खुला सीमानाका कारण नरैनापुर क्षेत्रबाट धेरै कुखुरा अवैध रुपमा भित्रिने गरेको छ ।
भारतीय कुखुरा सस्तोमा पाइने भएपछि व्यपारीहरुले त्यसकै माग गर्ने गरेका छन् । भारतमा एक सय पचास रुपैयाँ किलोमा कुखुरा पाइन्छ । तर नेपालको उत्पादन प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रुपैयाँसम्म पर्छ । त्यही भएर भारतीय कुखुरा तस्करहरुले सस्तो मूल्यमा विक्री गर्ने गरेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *