२६ जेष्ठ २०८०, शुक्रबार

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १३ । नेपालका कुखुरा पालक किसान र कुखरा उत्पादक व्यवसायीले भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव बढाएपछि प्रहरीले सक्रियता बढाउँदै धमाधम अवैध कुखुरा नियन्त्रणमा लिईरहेकै बेला अहिले आएर भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ ।
बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ ।
यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ ।


भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो पोख्दै रोक्न माग गर्दै आएका छन् ।
तर, व्यवसायीले जतिसुकै माग गरेपनि सो अवैध आयात र तस्करी भने निरन्तर जारी नै रहेको पाईएको छ । सोही क्रममा शुक्रवार वडा प्रहरी कार्यालय नेपालगञ्जले जानकी गाउँपालिका १ साईगाउँ नजिकबाट भन्सार र क्वारेन्टाइन छलेर चोरी पैठारी गरेर नेपालगञ्जतर्फ ल्याउँदै गरेको ४ कुइन्टल पाँच केजी कुखुराको मासु र दुई कुइन्टल ८० केजी हाँसको मासु गरेर करिब सात कुइन्टल मासु बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार कुखुराको मासुको मुल्य १ लाख ६२ हजार र हाँसको मासुको मुल्य १ लाख ९६ हजार गरेर ३ लाख ५८ हजारको मासु नियन्त्रणमा लिईएको छ ।
प्रहरीले बरामद गरेको सो मासुलाई थप आवश्यक कारबाहिको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाईएको पनि वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
प्रहरीको सक्रियता बढेपछि नेपाली व्यवसायी र किसानले अवैध आयात रोकिने र स्थानीय व्यापार बढ्ने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *