१४ बैशाख २०८१, शुक्रबार

भारतबाट भित्रयाईएको करिब ९ लाखको चाँदी सशस्त्र प्रहरीद्धारा बरामद

भारतबाट भित्रयाईएको करिब ९ लाखको चाँदी सशस्त्र प्रहरीद्धारा बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध आयात र तस्करी हुँदै आएको नेपाल भारत नाकाबाट चाँदीका तयारी गहना पनि ठुलो परिमाणमा भारतबाट नेपालतर्फ तस्करी हुने गरेको खुलासा भएको छ । सशस्त्र प्रहरीले अवैध करिब ९ लाख रुपियाँको चाँदीका तयारी गहना बरामद गरेपछि सो खुलासा भएको हो । नेपालगञ्ज १६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको  यूपी ३२ इके८१९६ नम्बरको  एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम ढिक्का ४ पिस र २ किलो ५११ ग्राम बनेको गरगहना पाउजु, औंठी गरी जम्मा ८ किलो २९६ ग्राम चाँदीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट मंगलवार बिहान ११ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।
उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।भर्खरै मात्र सशस्त्र प्रहरी बल नम्बर ३० गणको कमान्ड सम्हाले यता एसपी जनकराज बस्नेतको निर्देशनमा सीमा नाकामा निकै कडाई शुरु गरिएको छ । सोही परिणाम स्वरुप सशस्त्र प्रहरीले धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *