१६ चैत्र २०८०, शुक्रबार

मदुवाघाट पुलमुनि कुनै अवैध उत्खनन् गरिएको छैन–निर्माण कम्पनी

मदुवाघाट पुलमुनि कुनै अवैध उत्खनन् गरिएको छैन–निर्माण कम्पनी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २४ । राप्तीसोनारी वडा न. ५ र २ को सिमानामा बग्ने राप्ती नदीको मदुवाघाटमा निर्माण पुरा हुन अन्तिम चरणमा रहेको पक्की पुल मुनि कुनै पनि अवैध उत्खनन् नगरिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्धारित समय अवधी मैै ५५० मिटर लामो सो पक्की पुल निर्माण गरेको तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीले पुलमुनि कुनै पनि अवैध उत्खनन् नगरिएको प्रष्ट पार्दै खोला मिलाइएको र खोला मिलाउँदा निस्किएको नदीजन्य सामाग्री पुल किनारको दुबैतिरको भागमा प्रयोग गरिएको जनाएको छ ।
तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीका निर्देशक सुजित कुमार श्रेष्ठले पुलमुनि नदीको भागमा पानी सहज रुपमा बग्न दिन नदी च्यानालाइजेशन गरिएको र सो गर्दा त्यहाँबाट निस्किएको मेटेरियल सोही पुलको अप स्ट्रीम ५ सय मिटर र डाउन स्ट्रीम ५ सय मिटरमा प्रयोग गरिएको बताउनुभयो ।
उहाँले सो बारेमा पुल सेक्टर दांग लमहीस्थित कार्यालयले राप्तीसोनारी गाउँपालिकालाई गत जेठ २३ गतेनै लिखित जानकारी समेत गराईसकेको बताउनुभयो । सो जानकारीको बोधार्थ आफुहरुलाई पनि आएको निर्देशक श्रेष्ठले बताउनुभयो ।
नदी च्यानालाइजेशन गर्दा निस्किने मटेरियल त्यही एप्रोच रोडमा पनि लगाइएको उहाँले बताउनुभयो ।
सोही प्रकारले सो पुलमुनि कहिं कतै निर्माण कम्पनीद्धारा कुनै पनि प्रकारको अवैध उत्खनन् नगरिएको पुल सेक्टर दांग लमहीका योजना प्रमुख लिला बहादुर भण्डारीले बताउनुभयो । पुल निर्माणको अन्तिम चरणमा रहेकोले त्यसमा सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
राप्ती नदीको मदुवाघाटमा ५५० मिटर लामो पक्की पुल निर्माण कार्य समयमा सम्पन्न भएको हो । ११ वटा पिल्लर रहेको उक्त पुल साढे ७ मिटर चौडाई पिच र पुलको दुवै साईडमा १ः७५ मिटरको पैदल यात्रुकालागी बाटो गरि जम्मा ११ मिटर पुलको चौडाई रहेको छ ।
सो पुल बन्दा स्थानीयहरु निकै खुशि भएका छन् । अहिले जतिबेला पनि कचनापुर, सम्शेरगन्ज ढकेरी र कोहलपुरका सर्वसाधारण बिनौना बैजापुर आउन र जान सकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *