१६ चैत्र २०८०, शुक्रबार

मर्यादित कामकालागि रोजगारदाता र श्रमिकलाई बाँके युनेस्कोद्धारा अभिमूखिकरण

मर्यादित कामकालागि रोजगारदाता र श्रमिकलाई बाँके युनेस्कोद्धारा अभिमूखिकरण

समाचारदाता
नेपालगञ्ज, जेठ ९ । बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो ।
सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन देखिएका समस्या र चुनौतीहरुसंगै अवसर तथा अन्य विभिन्न प्रकारका अवरोधका बारेमा छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार संयोजक रविन्द्र अर्यालले रोजगारदाता र श्रमिक दुबैलाई एकै ठाउँमा राखेर गरिएको यो कार्यक्रम निकै सकारात्मक रहेको र यसबाट युवा महिलालाई रोजगारीमा जान सहज हुने बताउनुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द आचार्यले महिलालाई आर्थिक रुपमा सबल बनाउन उनिहरुलाई पनि समान अवसर दिनुपर्ने र काममा कुनै पनि प्रकारको विभेद वा अडचन आउन नहुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
होटल अर्गनाइजेशनका अध्यक्ष चन्द्रकान्त काफ्लेले युवा महिलाको रोजगारीका लागि होटल व्यवसायी सकारात्मक रहेको बताउनुभयो ।
बर्दिया टाईगर रिसोर्टका सञ्चालक दिवश अधिकारीले युवा महिलालाई रोजगारीमा लगाउन शिक्षा र सिपमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजिकरण अधिवक्ता राजकुमार थारुले गर्नु भएको थियो भने कार्यक्रममा इको टुरिज्मका डिल्ली प्रसाद भट्टराई, होटल व्यवसायीहरु, विद्यालयका शिक्षक शिक्षिका, विभिन्न व्यवसाय र रोजगारमा कार्यरत श्रमिक गरेर ३३ जनाको सहभागिता रहेको थियो ।
सो अभिमूखिकरणमा सहभागि अधिकांशले युवा महिला रोजगारीमा नआउनुमा सुरक्षित वातावरण नहुनु, अशिक्षा, लैंगिक विभेद, कामको महत्व नबुझ्नु, कानुनी प्रावधानको कमी र परिवारिक असहयोगनै मुख्य कारण रहेको निष्शर्क निकालेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *