१५ चैत्र २०८०, बिहीबार

महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा शिप विकास तालिम सञ्चालन

महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा शिप विकास तालिम सञ्चालन

समाचारदाता
नेपालगञ्ज, भदौ ८ । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवसाय गर्न लगाउने र ६० जनालाई रोजगारीको अवसर प्रदान गर्ने बताउनुभयो ।

कोभिड १९ को कारणबाट पर्न गएको आर्थिक प्रभावलाई कम गर्न अति जोखिममा रहेका युवा महिलाको शिप र ज्ञान अभिबृद्धि गरि स्थानीय बजार सुहाउँदो व्यवसाय सञ्चालन गरेर वा रोजगार प्राप्त गरेर आर्थिक रुपमा सशक्त बनाइने परियोजनाको उदेश्य रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षहरु रुद्र सुवेदी र झलक गैर, नेपाल पत्रकार महासंघ बर्दियाका पुर्व अध्यक्ष कमल पन्थी, पत्रकार नरेन्द्र थापा तथा सिराज खानको पनि उपस्थिति रहेको थियो ।
तलिममा सहभागि हुन आउनु भएका अधिकांश युवा महिलाले आफ्नो आर्थिक अवस्था निकै नाजुक रहेको बेला यो तालिम पाएर स्वरोजगार बनेर जिवनयापन गर्न सहज हुने आशा व्यक्त गर्नु भएको थियो ।
चार दिनसम्म चल्ने सो तालिमका प्रशिक्षक डिला प्रसाद ओली रहनु भएको र तालिममा व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायीक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षहरुका बारेमा जानकारी दिने जनाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *