१५ चैत्र २०८०, बिहीबार

माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

समाचारदाता
नेपालगन्ज, पुस २५ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ । गतवर्ष यहाँ पहिलो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो ।
नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल हान, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देलले पश्चिम नेपालमा पर्यटन व्यवसायको विकासका लागि ट्राभल मार्ट गर्न लागिएको बताउनुभयो ।
पहिलो पटक भारतबाट ठुलो संख्यामा पर्यटन ब्यवसायीहरु ट्राभल मार्टमा सहभागि हुनुहुने जनाउँदै सिग्देलले उहाँहरुलाई पर्यटकीय गन्तब्यहरुमा लैजान सकियो, पर्यटकीय गन्तव्य चिनाउन सकियो र भारतीय पर्यटन ब्यवसायीले प्रचार–प्रसार गरिदिनु भयो भने ठुलो संख्यामा भारतीय पर्यटक यहाँ ल्याउन सकिने बताउनुभयो ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले भारतीय पर्यटन ब्यवसायीलाई नेपालमा बोलाएर यहाँका पर्यटकीय गन्तब्यमा पुरयार्ई प्रत्यक्ष अनुभुती गराएर स्वदेशमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ट्राभल मार्ट आयोजना गर्दै आएको बताउनुभयो ।


नेपालको पर्यटन व्यवसायका लागि भारत सबैभन्दा ठुलो मार्केट भएकोले कसरी बढी भन्दा बढी भारतीयलाई यहाँ तान्न सकिन्छ भन्ने उदेश्यका साथ आफुहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।
ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट ७५ जना, छिमेकी सिमावर्ती शहरबाट ४० जना र आन्तरिक पर्यटन ब्यवसायी गरी करिव ३ सय जना ट्राभल टुर अपरेटर, ब्लगर र सामाजिक सञ्जाल सञ्चालकको सो मार्टमा सहभागिता रहने नाट्टा बाँकेले जनाएको छ ।
मार्टमा काठमाडौं लगायत ७ वटै प्रदेशका पर्यटन व्यवसायीहरु भेला भई स्थानीय सँस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
पर्यटन व्यवसायीलाई कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै हेलिकप्टरमार्फत बाँकेको धार्मिक पर्यटकीय स्थल बर्फानी बाबा आश्रम र सन्तानेश्वर मन्दिर दर्शन गराउनका लागि स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड बनाउने प्रक्रिया अगाडी बढाइएको जानकारी पनि नाट्टा बाँकेका अध्यक्ष सिग्देलले दिनुभयो । उहाँका अनुसार मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्था र भारतबाट सहभागी हुने टुर अपरेटरबीच यस क्षेत्रका टुर प्याकेज बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *