११ बैशाख २०८१, मंगलवार

मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

सिराज खान
नेपालगञ्ज, पुस ४ गते । आइतवार विहानैदेखि यहाँ चलेको शितलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ ।
कुहिरो र हुस्सुले भिजीविलिटी निकै कम भएका कारण आइतवार विहानबाट दिउँसोसम्म नेपालगञ्जबाट कुनै पनि हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुभाष झाँका अनुसार मौसमका कारण विमानस्थल नखुल्दा विहान पहाडी जिल्लाहरुमा हुने सबै उडान रद्द गरिएका छन् भने संघीय राजधानीका लागि हुने उडानहरु प्नि रद्द भएका छन् ।
दिउँसोपछि मौसममा सुधार हुने अपेक्षा गरिएकोले मौसममा सुधार भयो भने मात्रै हवाई उडानहरु सुचार गरिने प्रमुख झाँले बताउनुभयो ।
नेपालगञ्जबाट विहान हुल्म्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाण्डौ र पोखराका लागि विहान, दिउँसो र बेलुका समेत उडान हुने गरेका छन् ।
मौसमका कारण विमानस्थल नखुल्दा पहाडी जिल्लाहरु र राजधानी काठमाण्डौ जाने यात्रुहरु विमानस्थलमा उडानको प्रतिक्षामा रहेको पनि नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
काठमाण्डौ जानका लागि विहानै विमानस्थल पुग्नु भएका नेपालगञ्जका साजिद अलि सिद्दिकीले उडान नहुँदा अहिलेसम्म विमानस्थलमै पर्खिरहेको बताउनुभयो ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय राँझाका अनुसार शित लहर र हुस्सुले भिजीविलिटी निकै कम भएको छ । ( गोरखापत्र अनलाइनबाट)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *